१० श्रावण २०८१, बिहीबार

विदाको दिन गुडेका सरकारी गाडी नियन्त्रणमा



धनगढी । कैलाली ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक विदाको दिन गुड्ने सरकारी गाडि नियन्त्रणमा लिएको छ ।


शनिबार बिहान कैलालीको धनगढीमा गुडेका तथा सडकमा पार्किङ गरेर राखेका सरकारी गाडिहरू नियन्त्रणमा लिएको जनाइएको छ ।
कैलाली जिल्ला ट्राफिक कार्यालयका अनुसार चार वटा जीप र ११ वटा सरकारी मोटरसाईकल नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सरोज ठकुराठीले जिल्लाका अन्य ठाउ“बाट जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएर चलाईएका सरकारी गाडीहरू नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले भने– प्रक्रिया नपु¥याएर सडकमा गुडेका सरकारी गाडि नियन्त्रणमा लिएका छौं । आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने सर्तमा १२ वटा गाडी छोडिएको छ ।
उनका अनुसार दुई जीप र एक मोटरसाईकल लिन नआएपछि ट्राफिक कार्यालयमै राखिएको छ । ट्राफिक कार्यालयका अनुसार से १ झ २९१ नम्बरको जिप र बा १ ब ७०३४ र से १ व १३४ नम्बर मोटरसाईकल कार्यालयमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार