१० श्रावण २०८१, बिहीबार

धनगढी विमानस्थल दैनिक चार घण्टा बन्द हुने



धनगढी । धनगढी विमानस्थल आज (आइतबार) देखि एक महिनाको लागि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मंसिर १ गतेदेखि एयरपोर्टको रनवे र पार्किङ निर्माण गर्नका लागि एक महिनासम्म हरेक दिन सा“झ चार घण्टाका लागि बन्द रहने जनाइएको छ । गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे रनवे र पार्किङ क्षेत्रमा ओभरलेको काम बा“की रहेको छ ।
ती कामलाई निरन्तरता दिनका लागि दिउ“सो ३ बजेदेखि सा“झ ७ बजेसम्म विमानस्थल बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जनाए ।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे रनवे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार