१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारको लोगोमा गम्भीर त्रुटी



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको लोगोमा राखिएको सुदूरपश्चिम प्रदेशको नक्सामा गम्भीर त्रृटी रहेको पाइएको छ ।


सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशनबाट पारित भएको प्रदेश लोगोमा प्रयोग भएको नक्साको केही भाग चिनको तिब्बत र केही भाग कर्णाली प्रदेशमा गाभेको पाइएको छ ।
लोगोमा अंकित प्रदेशको नक्सामा दार्चुलाको कालापानीलाई सुदूरपश्चिम प्रदेशको सिमानाभित्रै रहेको देखाइए पनि अपि–सैपाल हिमालको केही भाग तिब्बत र बाजुराको केही भाग कर्णाली प्रदेशको जुम्लामा गाभिएकोे देखिएको भुगोलविदहरूको भनाई छ ।
संघीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपाल सरकारको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सरकारी कार्यालय तथा सरोकारवाला निकायलाई आग्रह गरेको थियो । तर, सुदूरपश्चिम प्रदेश सभाको लोगोमा नेपाल सरकारको आधिकारिक नक्सा प्रयोग नभएको भूगोलविदको धारणा छ ।
‘नेपाल सरकारको छाप वा लोगोमा प्रदेशको नक्सा राख्दा नेपाल सरकारको आधिकारिक नक्सा वा विज्ञहरुको रायसल्लाह सुझावमा प्रयोग गर्नुपर्ने हुन्छ’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर लोकबहादुर बिष्टले भने– सुदूरपश्चिम प्रदेश सरकारकाmे लोगोमा राखिएको नक्सा बनाउ“दा त्यस्तो गरिएको देखिदैन ।
‘ठाउ“ वा स्थान विशेषलाई चिनाउन तथा त्यसको अवस्थिति, क्षेत्रफल पहिचान गर्नका लागि नक्साको प्रयोग गरिन्छ । असंख्य सूचनालाई केही पेजमा नक्साद्वारा प्रस्तुती गर्न सकिन्छ’ प्राध्यापक डाक्टर बिष्टले भने– नक्सामा ठाउ“ अभावका कारण विभिन्न कुरा देखाउन संकेतको प्रयोग गरिएको हुन्छ । लोगोमा प्रयोग गर्दा केही सानो भए पनि मुल रेखालाई तोडमोड भने गरिनु हु“दैन ।
प्रदेश सभाले लोगो छनौट गर्न प्रदेश सभाका सदस्यहरु रहेको लागो निर्धारण समिति बनाएको थियो । नमूना लोगो बनाउने प्रतिस्पर्धामा प्रदेशका पा“च जनाले भाग लिएका थिए । तीमध्ये डोटीको शिखर नगरपालिका वडा नम्बर ११ का टेकबहादुर किमाडीले बनाएको लोगो छनोेट गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश सभाको २०७४ साल चैत २६ गतेको प्रथम अधिवेशनको ११ औं बैठकले सो लोगोलाई अनुमोदन गरेको थियो । प्रदेश सभाको पहिलो अधिवेशनको मुख्य उपलब्धीमा ‘लोगो निर्धारण मस्यौदा समिति गठन भई प्रदेश सभाको लोगो निर्धारण भएको’ उल्लेख छ । प्रदेशको रातो किताव तथा मन्त्रालयहरुको ऐन, कानुन, निर्णय वा परिपत्र गर्नुपर्दा सोही लोगो प्रयोग गर्ने गरेका छन् ।
लोगो निर्माता किमडीले भने– नेपालको आधिकारिक नक्सालाई प्रयोग गरेर कम्प्यूटरबाट नक्सा बनाएर लोगोमा राखेको हु“’ उनले चारपा“च दिनरात मिहिनेत गरेर लोगो बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार