१० श्रावण २०८१, बिहीबार

राबाबैंकको प्रदेश कार्यालय स्थापना



धनगढी । राष्ट्रिय बाणिज्य बैकंको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गरिएको छ । सोमबार प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहबीच बैंकको प्रदेश कार्यालयको उद्घाटन गरे ।


सो अवसरमा मुख्यमन्त्री भट्टले राष्ट्रिय बाणिज्य बैकले प्रदान गर्ने सेवामा गति आउनुपर्ने बताए । ‘सरकारी बैंकहरूमा जनशक्ति पनि छ, तर सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो आइरहन्छ’ उनले भने– अब हरेक जनताले सर्वसुलभ तरिकाले सेवा पाउने गरि योजना निर्माण गर्नु आवश्यक छ ।
मुख्यमन्त्रीले निजी बैकंहरूले प्रदान गर्ने सेवाभन्दा सरकारी बैकंले प्रादन गर्ने सेवामा ढिलासुस्ती, लापरवाही हुने गरेको भन्दै यसलाई नियमन गर्न प्रदेश कार्यालयले कदम चाल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बैंकले ग्रामिण क्षेत्रमा लगानी गर्नुपर्ने बताए । ‘दुर्गम क्षेत्रका मानिसलाई पैसा आवश्यक पर्छ तर, बैंक नहुँदा ऋण पाउन समस्या हुन्छ’ उनले भने– दुर्गममा बैंकले लगानी गरे सहज हुन्छ । उनले बैंकहरू व्यवसायीमैत्री हुनुपर्ने बताए । भने– अहिले व्यवसायीहरू बैंकको ब्याजदरका कारण समस्यामा पर्छन । त्यसैले ब्याजदरमा सुधार ल्याउनु आवश्यक छ ।
प्रादेशीक कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैकंले ठुलो उपलब्धी हासील गरेको बताए ।
उनले भने– बाह्र बर्ष अगाडी ऋणमा रहेको वाणिज्य बैकं हाल एक खर्ब ४६ अर्ब रुपैया बचत गर्न सफल भएको छ, यो ठुलो उपलब्धी हो । उनले थुप्रै निजी बैकंहरू संग प्रतिस्र्पधा गर्नुपर्ने भएकोले जनअपेक्षा काम गर्न नसकीएको समेत स्विकार गरे ।
उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकको देशभरी दुई सय ३८ शाखा, ९० शाखारहित बैंक, दुई सय पाँच एटिएम बुथ रहेको छ ।
बैंकका प्रादेशिक प्रवन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कैलाली बहुमुखी क्याम्पस प्रमुख पदमराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
देशको संघीय संरचना अनुरुप वाणिज्य बैकंले आफ्ना संरचनाहरू प्रदेशतहमा स्थापना गर्दै आएको जनाइएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैकको प्रदेश कार्यालय नेपालगन्जबाट तिन ओटा प्रदेशमा सेवा प्रदान गर्दे आएको थियो । प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आन्नद सुवेदीले नेतृत्व गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार