४ जेष्ठ २०८१, शुक्रबार

सेती अस्पताल तनावग्रस्त



धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल बिहिबार अपरान्हसम्म तनावग्रस्त रह्योे । गौरिगंगा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय गगनसिंह कुँवरको अस्पतालमा मृत्यु भएपछि आफन्तहरूले बिहानैदेखि विरोध प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त बनेको थियो ।


मृतकका आफन्तहरूले क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेजीको माग गर्दै अस्पताल परिसरमा नाराबाजी गनर्सका साथै ढुङ्गा प्रहार पनि गरेको प्रत्यक्षदर्शीले बताए ।
अस्पतालमा तनाव बढेपछि विहान १० बजेदेखि बसेको सर्वदलीय बैठकबाट दिउसो १ बजेतिर सहमति भएको थियो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीको रोहबरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको थियो । परिवारलाई क्षतीपूर्तीका लागि सामाजिक विकास मन्त्रालयलाई सिफारिस गर्ने सहमतिपछि आफन्तहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए ।
उनले कु“वरको मृत्यु प्रकरणको छानविनका लागि समिति गठन गर्ने, उनका परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने सम्झदारी पनि छलफलमा भएको जानकारी दिए । कु“वरको शव परिक्षणपछि मात्रै आफन्तको जिम्मा लगाईने अस्पताल प्रमुख पाण्डेले बताए ।
आफन्तले डाक्टरको लापरवाहीले कु“वरको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाही र लाईसेन्स खारेजीको माग गर्दै प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार