१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मंसीर २० गते वित्तीय सम्मेलन गर्ने निर्णय गरेको छ ।


सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको बिहीबारको बैठकले प्रदेश मंसीर २० गते बित्तीय सम्मेलन गर्ने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा मंसीर २० गते वित्तीय सम्मेलन गर्ने निर्णय गरिको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेशका ठूला आयोजना तथा उद्योगहरुका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रास्तावमा प्रदेशले स्थानीय तहहरुलाई दिने सम्पुरक अनुदान सम्बन्धी कार्यविधि २०७६ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०७६ संशोधन गरेको बताए ।
यसैगरी, मन्त्रीपरिषद्ले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश २०७६ पनि पारित गरेको गरेको छ । गठनादेशका आधारमा समिति गठन गरेर प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार