४ जेष्ठ २०८१, शुक्रबार

डाक्टर केसीले डडेल्धुरामा शुरु गरे १७ औं अनसन



ललित बोहरा/डडेल्धुरा । चिकित्सा शिक्षा सुधारका लागि प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि डडेल्धुरामा आमरण अनसन शुरु गरेका छन् । प्राध्यापक डाक्टर केसीको यो १७ औं अनसन हो ।


डाक्टर केसीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ का निलकण्ठ भट्टको घरमा सोमबार साँझ साढे ४ बजेदेखि अनसन सुरु गरे ।
उनले सात बु“दे माग प्रस्तुत गरेका छन् । ती माग पुरा नभएसम्म अनसन जारी राख्ने डाक्टर केसीले बताए ।
डाक्टर केसीले सरकारले आफूसंग विगतमा गरेका सहमतिहरू कार्यान्वयन गर्न माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डाक्टर केसीको यो पहिलो अनसन हो । त्रिभुवन विश्वद्यालय शिक्षण अस्पतालबाट अवकाश हुँदै गर्दा उनले पत्रकार सम्मेलनमा सरकारलाई आफ्ना माग पुरा गर्न कार्तिक १३ गतेसम्मको अल्टिमेटम दिएका थिए । तिहारको कारण अनसनको मिति केही दिन पछाडी सारेका थिए ।

डाक्टर केसीले प्रस्तुत गरेका मागहरू

१. हामीसंग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
२. विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३. आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् । अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यबस्था गरियोस् ।
४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायत निर्णय तत्काल खारेज गरियोस् ।
५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दि“दै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस् । प्रदेश २ र ४ तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम, पा“चथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गरियोस् ।
७. क्यान्सर लगायतका महंगा औषधिहरू भारतभन्दा ४÷५ गुणा महंगो भएकाले सुपथ मुल्यमा उपलब्ध गराउने व्यबस्था गरियोस् । कर्मचारी समायोजन कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा अस्पताल लगायतका सम्पुर्ण अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यबस्था गरियोस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार