१० श्रावण २०८१, बिहीबार

सम्पादकीय : जाँत र आन्तरिक पर्यटन विकास



हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडका रुपमा रहेका बडा दशैं तथा तिहारको लगत्तै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परम्परागत जाँतको मौसम शुरु भइसकेको छ । कार्तिक शुक्ल प्रतिपदादेखि नै शुरु हुने धार्मिक जाँतहरूको विशिष्ट उपस्थिति रहर्दै आएको छ । खासगरी शक्तिपिठहरूमा लाग्ने जा“त, धामिैक मेला वा रामरंग सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान हो भन्नेमा विमति रहदैन । हुन त नेपालका अरु प्रदेशमा पनि परम्परागत धार्मिक÷सांस्कृतिक मेलापर्व हुने गर्दछन्, तर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका दर्जनौ स्थान वा शक्तिपिठमा लाग्ने जाँतको रौनक अद्वितीय हुने गरेको छ भन्नु अत्युक्ति हुदैन । अछामको डौठेगडा जाँत होस वा तिमिल्सेनको पूर्णिमा मेला होस् अथवा बैतडीका त्रिपुरासुन्दरी, रौलाकेदार, मेलौली, महारुद्र, अथवा राताशीला जा“त होस् अथवा दार्चुलाकोे मालिकार्जुन होस् वा डडेल्धुराको उग्रतारा वा भागेश्वर जाँत होस् अथवा अन्य जिल्लामा लाग्ने मेलाजा“त हुन्, यी सबैको विशिष्ट सांस्कृतिक तथा मौलिक पहिचान रहेको छ । वास्तवमा कार्तिक महिनामा सुदूरपश्चिम प्रदेशका प्रायः पहाडी जिल्ला जा“तमय बन्ने गरेका छन् । पछिल्ला वर्षहरूमा तराईका जिल्लामा समेत विभिन्न जा“तको आयोजना हुने क्रम बढेको छ ।
परम्परागत रुपमा मनाइने कतिपय जाँत वा जात्रामा अत्यधिक तथा बर्बर ढंगबाट पशुबलीको प्रचलन रहेकोमा पछिल्ल वर्षहरूमा आलोचना समेत बढ्दै गएको पाइन्छ । पशुवलीको समर्थन र विरोधका बीच अहिलेको समाजमा अपाच्य हु्ने खालका परम्परागत प्रचलन तथा संस्कारको त्याग गर्नु नै उचित हुन्छ । खासगरी सुदूरपश्चिम प्रदेशका कतिपय पहाडी जिल्लाका कतिपय शक्तिपिठमा लाग्ने जा“तमा बर्बर ढंगले पशुवली दिइने गरेका छन् । त्यसैले पनि यस्ता प्रचलनमा युग अनुसार परिमार्जन गर्नु आवश्यक हुन्छ । पशुवलीका साथै जा“त, मेलापर्वका अवसरमा हुने गरेका विकृति तथा बिसंगतिपूर्ण गतिविधिको पूर्ण रोकथाम पनि उत्तिकै आवश्यक छ । किनकि सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हुने यी धार्मिक सांस्कृतिक जा“त, मेलापर्वलाई आन्तरिक पर्यटनको विकासको महत्वपूर्ण आधार बनाउनका लागि परम्पराका नाममा हुने कुनै पनि किसिमका विकृति, बिसंगतिमा सुधार अनिवार्य हुन्छ । अहिलेसम्म यी जा“त, मेलापर्वले स्थानीय स्तरमा पर्यटन विकासका लागि खासै योगदान गर्न नसकेको सन्दर्भमा यी सांस्कृतिक अवसरहरूलाई बढी व्यवस्थित, सुसंस्कृत तथा सभ्य बनाउनेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।
सुदूरपश्चिम प्रदेशका प्रायः स्थानीय तहले कुनै न कुनै रुपमा पर्यटन विकासका लागि प्रयास गरिरहेको सन्दर्भमा प्रदेशका विशिष्ट धार्मिक सांस्कृतिक जा“त, मेलापर्वका व्यवस्थापनमा अझ बढी लगानी र प्रयास गर्नु आवश्यक छ । हरेक जाँत, वा मेलापर्वमा दर्शकको उपस्थिति उल्लेख्य हुने गरेको छ । तर, अहिले भारतका सिमानासंग जोडिएका नेपाली जिल्लाका केही जा“तमा मात्रै सिमावर्ती भारतीय गाउ“शहरका मानिस आउने गरेको पाइन्छ । यसभन्दा पनि अहिले यी जा“त, मेलापर्वमा मुलुककै अन्य जिल्लाका मानिसको आगमन बृद्धिमा ध्यान दिनु् जरुरी छ । यी जात्रा, मेलापर्वलाई पर्यटन विकाससंग जोड्दै तथा व्यवस्थित गर्दै व्यापक प्रचारप्रसारमा ध्यान दिनेतर्फ स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूले ठोस प्रयास गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार