१० श्रावण २०८१, बिहीबार

सञ्चार प्रतिष्ठानको साधारणसभा



धनगढी । सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको छैठौं साधारण सभा शनिबार धनगढीमा भएको छ ।


साधारण सभाको उद्घाटन गर्दै गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठक अहिले गैरसरकारी संस्थासामु रहेका चुनौति र अवसरबारे चर्चा गरे ।
केन्द्रीय सचिव पाठकले बाह्य वित्तीय स्रोतहरु संकुचित गएको तथा पुराना कानुनले गैरसरकारी संस्थाका वर्तमानका सवालको सम्बोधन गर्न नसक्नु प्रमुख चुनौतिका रुपमा रहेको बताए । उनले संघीयता गैरसरकारी संस्थाहरूका लागि राम्रो अवसर रहेको चर्चा गर्दै महासंघले गैरसरकारी संस्थामैत्री नीति तथा ऐनकानुनका लागि निरन्तर पहल गरिरहेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाशबिक्रम शाहले छोटो समयमै सामाजिक रुपान्तरण तथा व्यावसायिक पत्रकारिताको विकासका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।


प्रतिष्ठानका कार्यकारी निर्देशक मनमोहन स्वारले सञ्चार प्रतिष्ठानले १३ वर्षदेखिं संस्थाले सञ्चारकर्मी तथा सञ्चार गृहको क्षमता अभिबृद्धि, सुरक्षित बैदेशिक रोजगार, स्थानीय शासन, दीगो शान्ति, सिमान्तकृत वर्ग समुदायको अधिकारको प्रवद्र्धनका क्षेत्रमा गरिरहेका प्रयासबारे चर्चा गरे ।
साधारण सभाले प्रतिष्ठानको प्रगति प्रतिवेदन लगायतका विभिन्न प्रतिवेदनहरु अनुमोदन गरेको छ । कार्यक्रममा गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष हेमकर्ण विक, संस्थाका पदाधिकारी तथा साधारण सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार