१२ श्रावण २०८१, शनिबार

कृत्रिम फूलमालाको आयात बढ्यो



मुकेश टेंर्रा/धनगढी । यस वर्षको तिहारका लागि भारतबाट गत वर्षको तुलनामा पाँच गुणा बढि कृत्रिम फूलमाला धनगढीमा भित्रिएको छ ।


धनगढीमा अहिले कृत्रिम फूलका माला (प्लाष्टिक र कागजका माला) को बिक्री समेत गत वर्षको तुलनामा पा“च गुणाले बृद्धि भएको व्यापारीहरूको अनुभव छ । कैलाली त्रिनगर भन्सारका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि असोजसम्मको अवधिमा भारतबाट धनगढीमा सात हजार पा“च सय ४६ क्वीन्टल कृत्रिम माला भित्रिएको छ । भन्सार कार्यालयका अनुसार यो अवधिमा धनगढीमा ३० लाख ६५ हजार चार सय रुपैया“ मुल्यको कृत्रिम फूलमाला भित्रिएको छ ।
कैलाली भन्सार कार्यालयका अधिकृत कुमार गौतमले कृत्रिम फूलमाला आयातमा १४ लाख ८१ हजार छ सय ६१ रुपैया“ राजश्व संकलन भएको छ । उनले धनगढीमा भारतको दिल्ली र पलियाबाट कृत्रिम फूलमाला आयात भइरहेको बताए ।
कैलाली भन्सार कार्यालयका अनुसार धनगढीमा असोज र कात्र्तिक महिनामा सबैभन्दा बढि कृत्रिम फूलमाला आयात हु्ने गरेको छ । गत वर्ष सोही अवधिमा कैलाली भन्सार नाका हुँदै भारतबाट एक हजार तीन सय २८ क्वीन्टल कृत्रिम फूलमाला भित्रिएको थियो । सो अवधिमा चार लाख ६१ हजार दुई सय रुपैया“को कृत्रिम फूलमाला भित्रिएको थियो भने आयातबाट एक लाख ६४ हजार दुई २२ रुपैयाँ राजश्व संकलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा कैलाली भन्सार नाकाबाट तीन हजार नौ सय ४६ क्वीन्टल कृत्रिम फूलमाला भित्रिएको थियो । भन्सार कार्यालयको तथ्यांक अनुसार आयात भएको कृत्रिम फूलमालाको खरिद मूल्य १५ लाख २८ हजार सात सय ३२ रुपैया“ रहेको थियो भने पाँच लाख ५४ हजार एक सय ४१ रुपैयाँ राजश्व संकलन भएको थियो ।
कैलाली भन्सार नाका हुँदै गत आर्थिक वर्षभरि भारतबाट आयात भएको कृत्रिम फूलमालाभन्दा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमै दोब्बर बढी आयात भइसकेको छ । भन्सार अधिकृत गौतमले तिहारका बेला फूलमालाको अत्यधिक माग हुने भएकाले आयात पनि बढ्ने गरेको बताए । उनले तिहारका लागि कृत्रिम फूलमाला आयात अझै जारी रहेको बताए ।
कृत्रिम फूलमाला बाहेक धनगढीमा केही परिमाणमा सयपत्रीका माला पनि आयात हुने गरेको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार तिहारका लागि भारतबाट कृत्रिम फूलमाला, दीयो, मैनवत्ती, अगरबत्ति लगायतका सामानहरू आयात हुने गरेको छ ।
कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनवत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ ।
प्रायःले आफ्नो घरबारीमा सयपत्री, मखमली लगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुने भएकाले धनगढी सहितका शहरबजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती (फ्लोरीकल्चर) हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन ।
एक तथ्यांक अनुसार सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशतले फूलको माग बढ्ने गरेको भए पनि उत्पादन निकै न्युन रहेको छ । नेपाल उद्योग वाणिज्य संघका वस्तुगत परिषद्का उपसभापति लोकनाथ गैरेले सुदूरपश्चिममा फूलखेतीको ठूलो सम्भावना रहेकोले स्थानीय जातका फूलहरूको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए ।
टीकापुर नगरपालिका वडा नम्बर १, वनगाउ“मा फूलखेती गरिरहेका सीताराम चौधरीले तिहारमा दिदी–बहिनीले दाजुभाईलाई फूलको मालाको सट्टा प्लास्टिकजन्य सामग्रीबाट बनेका माला लगाइदिएको देखेर फूल खेतीमा लागेको बताए । उनले १० कठ्ठा जग्गामा फूल खेती गरिरहेको र एक सिजनमा तीन लाख रुपैया“ आम्दानी गरिरहेको बताए ।
स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाएको भन्सार अधिकृत गौतमले बताए । उनले खरिद मुल्यमा २० प्रतिशत भन्सार शुल्क र खरिद मुल्यमा भन्सार शुल्क जोडेर १३ प्रतिशत मुल्य अभिबृद्धि कर (भ्याट) लिने गरेको बताए । उनले समग्रमा कृत्रिम फूलमालाको खरिद मुल्यको ३४ दशमलव ४७ प्रतिशत राजश्व सरकारले लिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार