११ श्रावण २०८१, शुक्रबार

राजश्व संकलन सन्तोषजनक– मन्त्री बोहरा



धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशमा चालू आर्थिक वर्षको पहिलो तीन महिनाको राजश्व संकलन अवस्था सन्तोषजनक रहेको बताएका छन् ।


बिहीबार मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बोहराले चालू आर्थिक वर्षको तीन महिनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व संकलन भएको जानकारी दिए ।
उनले करको दर नभई दायरा बढाएर अघि बढ्ने, सम्भावनाको खोजी गर्ने र सबै स्थानीय तहसँग करका सवालमा सामञ्जस्यता कायम गर्दै आपसमा समन्वय गरेर सरकार अघि बढेको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले सरकारको नीति अनुसार आगामी चैत्रसम्म प्रदेशमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिएको जनाएको छ । मन्त्री बोहराले यसै महिना एक दिवसीय वित्तीय सम्मेलन गरिने जानकारी दिए ।
मन्त्री बोहराले भने– प्रदेश सरकारले सुदूरपश्चिमलाई विकास गर्नतर्फ लागिरहेको छ, तर अझैं जनताले देखिन गरि काम गर्न सकिएको छैन । उनले पा“च वर्षभित्र प्रदेशका हरेक नागरिकले विकासको अनुभुति गरिसक्ने बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव सुमन अर्याल लगायत मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार