२३ बैशाख २०८१, आईतवार

सेती अञ्पतालमा नवजात शिशु मृत्युदर उच्च



धनगढी । नेपालका आठ अस्पतालमा गरिएको अध्ययन अनुसार सेती अस्पताल धनगढी र भेरी अस्पताल नेपालगञ्जमा सबैभन्दा वढी नवजात शिशु मृत्युदर रहेको भेटिएको छ । प्रति एक हजारमा जिवित जन्ममा सेती अस्पतालमा २९.७ र भेरी अस्पतालमा ३५.३ जना शिशुको मृत्यु हुने गरेको छ ।

गोल्डेन कम्यूनिटीको सुरक्षित प्रसव सेवाका लािग स्वास्थ्यसंस्थाको गुणस्तर बृद्धि, सारगर्मित मापन प्रकृया र नयाँ उपकरणको प्रयोग ( सुसार) कार्यक्रमका मिडिया विज्ञ सृजना शर्माका अनुसार कोशी, जनकपुर, भरतपुर, लुम्विनी, डडेलधुरा, मध्यपश्चिममाञ्चल, भेरी र सेती अस्पतालमा नवजात शिशु मृत्युदर वारे गरिएको अध्ययन गरिएको थियो ।

सो अध्ययन अनुसार प्रति एक हजारमा जन्मिने वित्तिकै कोशीमा ४.४, जनकपुरमा २३, भरतपुरमा ३.७, लुम्विनीमा १२.३, डडेलधुरामा ४.४ र मध्यपश्चिममाञ्चलमा २५ जना शिशु मर्ने गरेका छन् । नेपालमा हरेक वर्ष छ लाख वालवालिका जन्मिने गरेकोमा ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन भने १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्ने गरेको शर्माले बताइन । उनले भनिन, ती मृत्युमा ५० प्रतिशतको मृत्यु प्रसव अवधीमा हुने गरेको छ ।

बालविवाह गरेर २० वर्षको उमेर भन्दा पहिले नै वच्चा जन्माउने र स्वास्थ्य संस्थाका हुने कमजोरीका कारण पनि शिशुको मृत्यु हुने गरेको छ । शिशु मृत्यु दर कम गर्न नै गोल्डेन कम्यूनिटीले कोशी, जनकपुर, भरतपुर, लुम्विनी, डडेलधुरा, मध्यपश्चिममाञ्चल, भेरी र सेती अस्पतालमा सुसार कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । सेती वाहेकका अस्पतालमा गत बैशाखदेखि नै सो कार्यक्रम लागू भइसकेको छ ।
सञ्चार विज्ञ शर्माले भनिन्– डिजिटल नियोविट र मोयो उपकरण सहित सुसार कार्यक्रम लागू गरिने भएकोले शिशु मृत्यु दर कम हुनसक्छ । नियोविटले वच्चाको धड्कन र मोयोले भु्रणको अवस्था नाप्ने गर्छ ।
सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार सुसार कार्यक्रम लागू गर्ने विषयमा आवश्यक छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार