२३ बैशाख २०८१, आईतवार

आयुर्वेद सेवालाई विश्वसनीय बनाउन आवश्यक– मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आयुर्वेद सेवालाई विश्वसनीय बनाउन जरुरी रहेको बताएका छन् ।


‘सामुदायिक विद्यालयमा पढाउने शिक्षकले आफनो छोराछोरीलाई नीजि विद्यालयमा भर्ना गर्छ, किनकि उनलाई आफुले पढाएकोमा विश्वास छैन । त्यसैगरी आयुर्वेद सेवामा लागेका तपाई कर्मचारीहरूलाई पनि आफनो सेवामा विश्वास छैन’ आईतबार प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको आयुर्वेद स्वास्थ्य कार्यालय तथा अस्पतालहरुबाट आर्थिक वर्ष ०७५÷७६ मा सम्पादित स्वास्थ्य सेवाको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै मन्त्री सुवेदीले भने– हामी प्रत्येकलाई आफुले गर्ने पेसामाथि विश्वास हुन जरुरी हुन्छ ।
मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने जडिबुटीको खोज, अध्ययन गर्न प्रदेश सरकारले प्रयास गरिरहेको बताए । ‘हामीले प्रदेशमा चिकित्सा शिक्षालाई अगाडि बढाउन प्रदेश सभाबाट सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धी विधेयक पारित गरिसकेका छौं’ उनले भने– अब प्रदेशमा भएका जडिबुटीबाटै प्रदेशबासीलाई निको पार्ने कार्यक्रम अघि बढ्छन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारीले सुदूरपश्चिम प्रदेशको मुख्य उत्पादित जडिबुटीको पहिचान गर्न सुझाव दिए । ‘यो प्रदेशमा कति जडिबुटी उत्पादन हुन्छन् । त्यसको प्रयोगले कुन रोग ठिक गर्न सकिन्छ । पहिचान गरि उत्पादन बढाउनुपर्छ’ उनले भने– अब हरेक प्रदेशले आफनो प्रदेशको मुख्य मुख्य जडिबुटी पहिचान गर्नु आवश्यक छ ।
उनले सुदूरपश्चिम प्रदेशले आयुर्वेदका नया“ नया“ कार्यक्रम सञ्चालन गरेको पनि चर्चा गरे । ‘प्रदेशले सञ्चालन गरेका कतिपय कार्यक्रमहरु दोहोरो भएको पनि पाइएको छ’ उनले भने ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशमा रहेका आयुर्वेद स्वास्थ्य कार्यालय तथा अस्पतालहरुले प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
समिक्षा गोष्ठीको अवसरमा तीन जना स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरियो । गत आर्थिक वर्ष २०७५÷७६ मा आयुर्वेद क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत दार्चुला आयुर्वेद कार्यालयका कविराज लोकेन्द्रप्रसाद जोशी, झलारी आयुर्वेद केन्द्रका कविराज निरीक्षक दिवाकर जोशी र बझाङ आयुर्वेद कार्यालयका वैद्य मिनराज पुरीलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले प्रशंसापत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार