१२ श्रावण २०८१, शनिबार

कपडा तथा सिलाई व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित



धनगढी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको केन्द्रिय अध्यक्षमा पूनः रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।


काठमाण्डौंमा विहीवार सम्पन्न प्रथम साधारण सभा तथा प्रथम महाधिवेशनबाट श्रेष्ठ महासंघको केन्द्रिय अध्यक्षमा पूनः निर्विरोध निर्वा्चित भएका हुन् ।
२०५५ साल भदौमा स्थापित नेपाल कपडा तथा सिलाई व्यवसायी संघको नवौं अध्यक्ष समेत रहेका श्रेष्ठ २०७५ साल चैतमा महासंघमा रुपान्तरित भएपछि पनि अध्यक्षको जिम्मेवारीमा थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा लालबहादुर परियार, उपाध्यक्षमा हिक्मतबहादुर दर्जी, ईश्वरकुमार नेपाली, राम बहादुर रणपाल, कालिप्रसाद नेपाली, फिरोज अलि निर्वाचित भएका छन् ।
महासचिवमा भने मेघबहादुर कार्की, उपमहासचिवमा सन्त परियार, सचिवमा सरोज कटुवाल, कोषाध्यक्षमा गणेशप्रसाद बराल, सह कोषाध्यक्षमा प्रेमकुमार महर्जन, शान्तीदेवी प्रधान, पूर्णकुमारी कार्की, रुपलाल दमाई, मिलनकुमार परियार निर्वाचित भएका छन् ।
सदस्यहरुमा कृष्णकुमारी अधिकारी, शुशिला श्रेष्ठ, कृष्णबहादुर रणपाल, राम प्यारा, शालिकराम नवाक दमै, रामबहादुर घले परियार, भोजराज दमाई, सोमबहादुर परियार, रन्जना मास्के, मिलन नेपाली निर्वाचित भएका छन् । प्रदेश सदस्यमा प्रदेश नम्वर १ बाट राजन दर्नाल, प्रदेश २ बाट जाकिर अलि, प्रदेश ३ बाट बाबुराम परियार, गण्डकी प्रदेशबाट किसन सेवा परियार, प्रदेश ५ बाट सुरेन्द्र दमै, कर्णाली प्रदेशबाट अम्बरबहादुर दमाई, सुदुरपश्चिम प्रदेशबाट विनोद नेपाली निर्विरोध निर्वाचित भएका छन् । महासंघमा २० हजार भन्दा बढी कपडा तथा सिलाई व्यवसायी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार