१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय जनमोर्चाका कार्यकर्ता नेकपामा प्रवेश



धनगढी । राष्ट्रिय जनमोर्चा डोटीका उपाध्यक्ष मिनबहादुर मलासीसहित १३ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले बुधबार अत्तरियास्थित आफ्नै निवासमा टीका लगाएर उनीहरुलाई पार्टी प्रबेश गराएका हुन् । जनमोर्चामा २८ बर्षदेखि सक्रिय मलासीले जनमोर्चाबाट २०७४ को चुनावमा केआईसिंह गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेवारी दिएका थिए ।
नेपालका सबै कम्युनिष्ट पार्टी एक ठाउँमा आउँन आवश्यक रहेको बताउँदै नेता भट्टले दुई ठूला कम्युनिष्ट पार्टी एक ठाउँमा आएदेखि त्यसमा अन्य कम्युनिष्ट पार्टी ठाउँमा आउने क्रम जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार