१० श्रावण २०८१, बिहीबार

मन्त्री भट्टको आस्वासनले झुलाघाट अनसन रोकियो



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले नेपाल भारतको सीमा झुलाघाटमा मोटरेवल पुल निर्माण गर्न आवश्यक पहल गर्न संघीय सरकारलाई आग्रह गर्ने बताएकी छन् ।


अनुमोदनसंगको कुराकानीमा मन्त्री भट्टले अव आन्दोलनको स्वरुप परिवर्तन गरेर संघीय सरकारले भारतलाई मनाएर सीमामा पुल निर्माण गरिनु पर्ने वताइन् । झुलाघाटमा पुल बनाउनका लागि संघीय सरकारलाई आग्रह गर्न एक प्रतिनिधिमण्डल राजधानी काठमाडौ जानु पर्ने आवश्यक्ता पनि उनले औल्याइन् ।
मोटरवेल पुल निर्माण हुनु पर्ने माग राख्दै अनशनमा रहेका बैतडीबासीहरुले मन्त्री भट्टको आश्वासनपछि ३४ दिनपछि अनशन स्थगित गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आइतबार मन्त्री भट्ट र अनशनकारीबिच छलफल भएको थियो । साढे दुई घण्टा लामो छलफलपछि झुलाघाट पुल निर्माण संघर्ष समिति अनशन रोक्न तयार भएको थियो ।
अनशन बसेको ३४ दिन भइसक्दा समेत सरकार पक्षबाट कुनै पहल नभएपछि बैतडीबासी निराश भएका थिए । सोमवार भएको नेकपाको प्रदेश कमिटी बैठकमा मन्त्री भट्टले झुलाघाटमा मोटरेवल पुल निर्माण गर्न संघीय सरकारलाई आवश्यक पहल लिन आग्रह गर्नु पर्ने प्रस्ताव पनि पेश गर्नु भएको थियो । बैठकले सो प्रस्ताव पास गर्दै आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।
बैतडीबासीले झुलाबाटमा मोटरेवल पुल वन्दा धेरै उपभोग्य सामाग्री सस्तो र सुलभ तरिकाले भारतबाट ल्याउन सकिने दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार