चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जिनपिङको यो चेतावनी नेपाल भ्रमणको समयमा आएको हो ।
चीनमा कसैले स्वतन्त्रताको वकालत गरेमा उनीहरुको हड्डी भाच्ने चेतावनी दिएका हुन् । नेपालका नेताहरुसँगको वार्ताको समयमा उनले भने,“यदी चीनको कुनै पनि हिस्सामा मुलुकलाई बाड्ने कोशिश गरे भने उनीहरुको हड्डी तोडिने छ । कुनै बाहिरी शक्तिले यस किसिमको कोशिशको समर्थन गरेका छन् । उनीहरु चीनको नजरमा दिनमै सपना देख्ने मानिसहरु हुन् ।’’
उनको यो कडा चेतावनीलाई विभिन्न रुपमा हेरिन थालिएको छ । नेपालमा तिब्बतको स्वतन्त्रताका लागि केही तिब्बती कार्यकर्ताले राष्ट्रपति जिनपिङको बिरोध गरिरहेका थिए ।
यी प्रदर्शनकारी बिरुद्धमा नेपाल सरकारले कडा कारबाही गरिरहेको छ । सी जिनपिङको यो बयानालाई जोडेर अन्य सन्दर्भको पनि व्याख्या गरिन थालिएको छ । हङकङमा विगत ४ महिनादेखि जारी बिरोध प्रदर्शनलाई पनि उनको यो अभिव्यक्ति लक्षित भएको व्याख्या समेत गर्न थालिएको छ ।
आइतबार हङकङमा कैयौ शान्तिपूर्ण ¥याली पनि निकालिएको थियो ।

थप नजिक नेपाल–चीन

सी जिनपिङको नेपाल भ्रमणको समयमा दुई देशबीच कैयौ दिपक्षिय मुद्धामा सहमती बनेको छ । चीनले नेपालका कैयौ पूर्वाधार आयोजनामा काम गर्नेछ । दुई देशबीचको साझा विज्ञप्तिमा भनिएको छ,“नेपाल र चीनबीचको दिपक्षिय सम्बन्ध अब नयाँ स्थानमा पुगेको छ । दुवै देश एक अर्काको स्वतन्त्रता, संप्रभुता तथा क्षेत्रिय एकताको सम्मान गर्नेछन् ।’’
नेपालले पनि एक चीन नीतिप्रति प्रतिबद्धता जनाउदै आएको छ । नेपालले ताइवानलाई चीनको अभिन्न अंग भएको बताउदै आएको छ । तिब्बतको मामिला चीनको आन्तरिक मामिला भएको नेपालले बताउदै आएको छ । नेपालले आफ्नो भूमिमा चीन बिरोधी गतिविधि हुन नदिने पनि बताउदै आएको छ ।
जिनिपिङलाई विमानस्थलमा बिदाई गरेपछि नेपालका प्रधानमन्त्री ओलीले पनि दुई देशबीचको सम्बन्ध नयाँ उपचाईमा पुगेको ट्वीट गर्दै बताएका छन् ।
नेपालमाथि अमेरिकी नेतृत्वको इन्डो प्यासिफिक रणनीतिमा समावेश हुने दबाब कायमै रहेको चिनियाँ अखबार ग्लोबल टाइम्सले लेखेको छ । तर चीनको संप्रभुतामा आच आउने कुनै पनि किसिमको गठबन्धनमा समावेश नहुने प्रतिबद्धता पनि नेपालले जनाएको छ ।

काराेबार दैनिकबाट