४ जेष्ठ २०८१, शुक्रबार

अक्सिजन ग्यास उद्योग सञ्चालनमा



धनगढी । धनगढीमा अक्सिजन ग्यास उद्योग सञ्चालनमा ल्याइएको छ । धनगढी पुरानो भन्सार रोडमा अक्सिजन ग्यास उद्योग सञ्चालनमा ल्याइएको हो ।


अस्पताल तथा अन्य उद्योगहरूका लागि आवश्यक पर्ने अक्सिजनको आपूर्तिका लागि प्रदेशलाईनै आत्मनिर्भर बनाउने उद्देश्यले धनगढीमा अक्सिजन ग्यास उद्योग स्थापना गरिएको मालिका अक्सिजन ग्याँस उद्योगका सञ्चालक हिक्मतबहादुर शाहले जानकारी दिए ।
उनले उद्योगबाट दैनिक दुई सय सिलिण्डर अक्सिजन ग्यास उत्पादन गर्न सक्ने क्षमता रहेको बताए ।
उनका अनुसार पा“च करोड रुपैया बढीको लगानीमा सो अक्सिजन उद्योग सञ्चालनमा ल्याइएको छ ।
ग्यास उद्योगको बुधबार एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले अक्सिजन ग्यास उद्योगले औद्योगिक भन्दा मानवीय सेवामा बढी सहयोग पुर्‍याउने बताए ।
कार्यक्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले अक्सिजन उद्योगको स्थापनाले सुदूरपश्चिम प्रदेशमा अक्सिजनको आपुर्ति सहज हुने विश्वास ब्यक्त गरे ।
अहिले सुदूरपश्चिममा काठमाडौं, विराटनगर, भैरहवा लगायत क्षेत्रबाट यसको आयात हु“दै आएको थियो । अब भने सुदूरपश्चिमलाई आवश्यक पर्ने जति अक्सिजन मालिका ग्यास उद्योगले आपूर्ति गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार