१ जेष्ठ २०८१, मंगलवार

३० जिल्लामा फोरजी सेवा



धनगढी । नेपाल टेलिकमले बुधबार सुदूरपश्चिमसहित देशभरीका ३० जिल्लामा फोरजी सेवाको उद्घाटन गरिएको छ ।


कैलाली र कञ्चनपुरका विभिन्न सहरमा विस्तार गरिएको फोरजी सेवाको बुधबार धनगढीमा उद्घाटन गरियो । प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीले एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार क्षेत्रको बिकास बिना समृद्धि असम्भव रहेका कारण सुदूरपश्चिमका दुरदराजमा पनि सो सेवा पु¥याउनु पर्ने बताए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादूर वडले फोरजी सेवाले प्रदेशकै आर्थिक बिकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका विभिन्न सहरमा दशै“ अगाडी नै फोरजी सेवा विस्तारको कार्य रहेको थियो । त्यस्का लागि १२ वटा टावरको निर्माण गरिएको थियो ।
नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले कैलाली र कञ्चनपुरमा पुर्वपश्चिम राजमार्गमा रहेको शहरसंगै हुलाकी राजमार्गमा रहेको धनगढी र फूलवारी क्षेत्रमा फोरजी सेवा सुरु भएको बताए ।
उनले धनगढी, महेन्द्रनगर, टीकापुर, चिसापानी, लम्की, सुख्खड, अत्तरिया, झलारी, फूलवारी लगायतका शहरमा फोरजी सेवा सुरु भएको बताए । अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी सेवा विस्तार गरिएको बताउ“दै उनले माघ मसान्तसम्म सुदूरपश्चिमभरी नै फोरजी सेवा विस्तार गर्ने योजना रहेको बताए ।
सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गर्ने लक्ष्य अनुसार कैलाली र कञ्चनपुरमा १२ वटा टावर निर्माण गरिएको थियो । आगामी माघ भित्र भने सुदूरपश्चिमका तीन सय ६१ स्थानमै फोरजी सेवा विस्तारको लक्ष्य रहेको नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाले जनाएको छ ।
यसअघि काठमाडौं र पोखरामा मात्र यो सेवा उपलब्ध थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार