१० श्रावण २०८१, बिहीबार

पोषण विशेष कार्यक्रम निममित हुनसकेन



धनगढी । कैलालीसहित देशभरीका विभिन्न जिल्लामा लागू भएको पोषण विशेष कार्यक्रमले नियमित रुपमा सञ्चालन हुन सकेका छैनन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइरन फोलिक एसिड खुवाउने कार्यक्रम, शिघ्र कुपोषणको (आएएम) एकिकृत व्यवस्थापन कार्यक्रम र सुक्षम पोषक तत्व (बाल–भिटा) खुवाउने कार्यक्रम आवश्यक निर्देशनको अभावका कारण नियमितता पाउन नसकेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पोषण विशेष कार्यक्रम सञ्चालन गराउन पत्राचार गरेको जनाइएको छ । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार स्थानीय तहहरूलाई परिपत्र गरेको छ । पत्रमा भनिएको– पोषण विशेष कार्यक्रम नियमित सञ्चालन गर्न व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
विद्यालय जाने तथा नजाने किशोरीहरूलाई साप्ताहिक रुपमा आइरन फोलिक एसिड खुवाउने कार्यक्रम सुदूरपश्चिमका सात जिल्ला र देशभरीका ४१ जिल्ला, शिघ्र कुपोषणको (आएएम) एकिकृत व्यवस्थापन कार्यक्रम आठ जिल्ला र देशभरीका ५६ जिल्ला तथा सुक्षम पोषक तत्व (बाल–भिटा) खुवाउने कार्यक्रम छ जिल्लामा लागु गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी कार्यक्रम आवश्यक निर्देशनको अभावले नियमित नभएको परिपत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विद्यालय जाने तथा नजाने किशोरीहरूलाई साप्ताहिक रुपमा आइरन फोलिक एसिड खुवाउने कार्यक्रम सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझांग, बाजुरा, अछाम र डोटीमा सञ्चालनमा रहेको छ ।
त्यस्तै, शिघ्र कुपोषणको (आएएम) एकिकृत व्यवस्थापन कार्यक्रम बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेल्धुरा र बैतडीमा सञ्चालनमा रहेको छ भने सूक्ष्म पोषक तत्व अछाम, डोटी, बाजुरा, बझाङ, डडेल्धुरा र बैतडीमा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार