१० श्रावण २०८१, बिहीबार

जुत्ता किन्दा पाँच हजार नगद उपहार



धनगढी । धनगढी-१, दुरसञ्चार अगाडि रहेकाे न्यु कर्णाली शु सेन्टर (बाँसबारी) बाट राेयल शुज किन्दा एक जनाले पाँच हजार रूपैयाँ उपहार पाएका छन् ।

धनगढी-८ का विजेन्द्र चाैधरीले शनिवार घटस्थापनाकाे पूर्व सन्ध्यामा राेयल शुजकाे दशैं अफर कुपन स्क्र्याच गरी साे रकम जित्न सफल भएका हुन् । चाैधरीलाई बाँसबारीका सञ्चालक रामप्रसाद चाैधरीले तत्काल बधाईसहित पाँच हजार रूपैयाँ नगद उपहार दिएका थिए ।

बिगतका दशैमा पनि बाँसबारीबाट जुत्ता खरिद गर्दा २० हजार, ५ हजार, ३ हजारसम्म नगद उपहार क्रेताले जितेकाे सञ्चालक चाैधरीले बताए । उनले दशैंकाे अवसरका विभिन्न ब्राण्डका जुत्ता खरिदमा उपहार याेजना राखिएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार