३ जेष्ठ २०८१, बिहीबार

वन उपभोक्ताद्वारा सःमिल तथा फर्निचर उद्योग सञ्चालन



धनगढी । कञ्चनपुरको लालझाडी सामुदायिक वन उपभोक्ता समूहले काठमिल तथा फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन् ।


लालझाडी सामुदायिक बनका उपभोक्ताहरूले ३६ लाख रुपैयाँको लागतमा काठमिल तथा फर्निचर उद्योग सञ्चालनमा ल्याएको छ ।
उपभोक्ता समितिका अध्यक्ष अमर रानाका अनुसार लालझाडी गाउँपालिकाको १४ लाख, पश्चिम तराई भूपरिधी संरक्षण परियोजनाको १४ लाख र उपभोक्ता समूहको आठ लाख रुपैयाँको लगानीमा काठमिल तथा फर्निचर उद्योग सञ्चालनमा ल्याइएको बताए । उनले भने– यो काठमिल तथा फर्निचर उद्योगले बजार मूल्यभन्दा कममा उपभोक्ताका लागि काठ चिरान गर्नेछ ।
उनले स्थानीय उपभोक्ताहरूले समूहबाट काठ चिरान गर्न बेलौरी र पुनर्बास जानुपर्ने बाध्यता हट्ने बताए ।
सामुदायिक बनका उपभोक्ता निर्मल रानाले भने– सामुदायिक बन समितिका उपभोक्ता स्वयंले नै गाउँमै काठमिल तथा फर्निचर उद्योग सञ्चालन गरेपछि सस्तो मूल्यमा चिरान गर्ने तथा फर्निचर प्राप्त हुने छ ।
गाउँपालिका उपाध्यक्ष सत्य देवी महराले यो काठमिल तथा फर्निचर उद्योग सञ्चालन आएपछि गाउँपालिकामा रहेका सबै २८ वडा सामुदायिक वनका उपभोक्ता लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।
लालझाडी साुमदायिक बन समूहका अध्यक्ष अमरका अनुसार छिमेकी सामुदायिक वन समुहका उपभोक्ताहरूले समेत यो काठमिल तथा फर्निचर उद्योगको शेयर लिएको बताए ।
सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत करुणाकार जोशीले यो काठमिल तथा फर्निचर उद्योगबाट स्थानीय तहमा रोजगारी सिर्जना हुने तथा काठ तस्करीमा पनि कमी आउने विश्वास व्यक्त गरे ।
यो काठमिलको आइतबार एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार