१० श्रावण २०८१, बिहीबार

बोक्सीका आरोपमा युवतिमाथि कुटपिट



धनगढी  । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा बोक्सीको आरोपमा एक युवतिमाथि कुटपिट भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कि २३ वर्षीया सीता राना (नाम परिवर्तन) लाई उनकी काकी नाता पर्ने फूलमाया रानाले बोक्सी आरोपमा कुटपिट गरेको बताइएको छ ।
फूलमायाले आइतबार सीतालाई उनकै घरमा विभिन्न लाञ्छना लगाउ“दै कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् । कुटपिटपछि पीडित सीताले विष सेवन गरेकी थिइन् ।
विष सेवनपछि गम्भीर रुपमा अस्वस्थ भएकी सीताको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको सम्बन्धमा प्रहरीमा जाहेरी दि“दा पनि अहिलेसम्म प्रहरीले दोषिलाई पक्राउ गर्न चासो नदिएको पीडित सीताका ठुला बुवा हिरा रानाले बताए । युवति सीता स्नातक तहमा अध्ययनरत छिन् ।
उनको आइतबार परीक्षा थियो । कुटपिटका कारण उनको परीक्षा छुटेको छ । घटनाबारे जानकारी पाए लगत्तै प्रहरीलाई खबर गरेको वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले बताए । पीडित सीताका आमाबुवा छैनन् ।
वडाध्यक्ष जोशीले सीताको उपचार खर्चमा सम्पूर्ण सहयोग गर्ने बताए । उनले घटनाका सम्बन्धमा सत्यतथ्य बुझेर दोषीलाई कानुनको दायरामा ल्याइने बताए ।
वडा प्रहरी चौकी कैलालीगाउ“ले भने अहिलेसम्म घटनाबारे लिखित जाहेरी नआएको जनाएको छ ।
युवतीले विष सेवन गरेको जानकारी आइतबार सा“झ ६ बजे मात्रै पाएको कार्यालयका प्रहरी नायव निरीक्षक कर्णबहादुर चन्दले बताए । उनले दुवै पक्षलाई बोलाएर अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार