१० श्रावण २०८१, बिहीबार

राष्ट्रिय शिखर कृषक अवार्डद्वारा सात किसान पुरस्कृत



काठमाडौ । मुलुकका सात प्रदेशका उत्कृष्ट सात जना कृषक ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बाट पुरस्कृत भएका छन् ।


शिखर नेपाल नामक संस्थाको आयोजनामा आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले उत्कृष्ट कृषकहरूलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ प्रदान गरे ।
प्रदेश १ बाट विशाल राई, (विशाल कृषि फर्म, विर्तामोड) प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), गण्डकी प्रदेशबाट नवराज आचार्य ( वागमती गोट फिड्स प्रालि धार्के धादिङ), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), कर्णाली प्रदेशबाट डिल्लीबहादुर नाथ (डा“फे भैसी पालन फर्म, रुकुम पश्चिम) र सुदूरपश्चिम प्रदेशबाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली) ले जनही १५ हजार रुपैया“ तथा सम्मानपत्र प्राप्त गरे ।
सो अवसरमा उप्रधानमन्त्री पोख्रेलले सरकारले कृषिलाई खुसी नेपाल समृद्ध नेपालीको पहिलो प्राथमिकतामा राखेका बताए ।
सो अवसरमा कृषि तथा पशुपंक्षी राज्यमन्त्री राम कुमारी चौधरी, पूर्व मन्त्री महेश बस्नेत, दिपक खाँडले पनि धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार