१० श्रावण २०८१, बिहीबार

सुपथ मूल्य पसल : धनगढीबाहेक अन्यत्र सञ्चालनमा आएनन्



शेरबहादुर ऐर/धनगढी । दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सञ्चालन हुनुपर्ने सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझैं खुल्न सकेका छैनन् ।


साल्ट टे«डिङ कर्पोरेशनले हालसम्म धनगढी उपमहानगरपालिकामा मात्रै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
साल्ट टे«डिङ कर्पोरेशनको धनगढी क्षेत्रीय कार्यालयले विगतका वर्षहरूमा कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुराको अमरगढी तथा बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।
साल्ट टे«डिङका सूचना अधिकारी रामचन्द्र जोशीले ढुवानी समस्याका कारण धनगढीबाहेक अन्य ठाउ“मा तत्काल सुपथ मूल्य पसल सञ्चालन ल्याउन नसकिएको बताए ।
सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित कुनै पनि मालबाहक ट्रक मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएकाले सामग्री ढुवानी गर्न नसकिएको उनले बताए । सरकारले चालू आर्थिक वर्षदेखि ढुवानीमा भ्याट लगाउने निर्णय गरेको छ ।
कर्पोरेशनका सूचना अधिकारी जोशीले भने– हामीले यसअघि भ्याटबिना भाडा तिरेर सुपथ मूल्य पसलका लागि सम्बन्धित स्थानमा सामान पठाउने गरेका थियौं, तर चालू आर्थिक वर्षदेखि भ्याटमा दर्ता भएका मालबाहक साधनलाई मात्रै सामग्री ढुवानी अनुमति दिने निर्देशनअनुसार सुपथ मूल्य पसल सञ्चालन योजना अन्योलमा परेको छ । सूचना अधिकारी जोशीले ढुवानीका लागि दुई पटक बोलपत्र आह्वान गर्दा पनि कर्पोरेशनले तोकेको ढुवानी भाडाभन्दा निकै बढी रकमको आवेदन प्राप्त भएको बताए ।
उनले छिट्टै धनगढी बाहेकका बजार तथा जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन ल्याइने बताए ।
साल्ट टे«ेडिङ कर्पोरेशनले भदौ २३ गतेदेखि धनगढीमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सुपथ मूल्य पसल दशैं तिहार तथा छठ पर्वसम्म सञ्चालनमा रहने जनाइएको छ ।
कर्पोरेशनका सूचना अधिकारी जोशीले सुपथ मूल्य पसलमा बजार मूल्य भन्दा कम मूल्यमा चिनी र नुन बिक्री भइरहेको बताए ।
उनका अनुसार साल्ट टे«डिङले नुन प्रतिकिलो दुई रुपैया कम गरेर सुपथ म्ूल्य पसलमा १८ रुपैया“मा विक्री गरिरहेको छ । त्यस्तै, चिनि प्रतिकिलो ७२ रुपैया“मा बिक्री गरिरहेको छ । यय वर्षदेखि सुपथ मूल्य पसलमा साबुन पनि विक्री शुरु गरिएको छ । सुपथ मुल्य पसलमा साबुन प्रतिगोटा ३० रुपैयामा बिक्री भइरहेको जनाइएको छ ।
साल्ट टे«डिङले गत २३ गतेदेखि नुनको विक्री शुरु गरेकोमा २५ गतेदेखि चिनिको विक्री शुरु गरेको छ । शुक्रबारसम्म सुपथ मूल्य पसलबाट चार सय ४९ किलो नुन र एक सय ७३ किलो चिनि विक्री भइसकेको साल्ट टे«डिङले जनाएको छ ।
‘विगतका वर्षहरूको तु्लनामा यस वर्ष सुपथ मुल्य पसलमा ग्राहकको भीड बढेको देखिएको छ’ साल्ट टे«डिङ कर्पोरेशनका निमित्त महाप्रबन्धक केशवराज पाण्डेले भने–विगतमा हामीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको एक हप्तासम्म पनि फाटफुट रुपमा मात्रै ग्राहक आउ“थे, यस वर्ष शुरुदेखि नै नुन र चिनी खरिद गर्न घुइचो लाग्ने गरेको छ ।

खाद्य संस्थानले अझै शुरु गरेन

नेपाल खाद्य संस्थानले यस वर्ष पनि सुपथ मुल्यमा चामल बिक्रीमा ढिलाई गरेको छ ।
साल्ट टे«डिङ कर्पोरेशनले सुपथ मूल्य पसलबाट धनगढीमा नुन र चिनीको बिक्री शुरु गरिसकेको भए पनि खाद्य संस्थानको धनगढी अञ्चल कार्यालयले अझैं चामल बिक्री शुरु गरेको छैन ।
खाद्य संस्थानका सेती अञ्चल कार्यालय प्रमुख प्रेमनारायण भण्डारीले भोली (आईतबार) देखि चामल बिक्री शुरु गरिने बताए । ‘हामीलाई २७ गते (शुक्रबार) मात्र सुपथ मूल्य पसल सञ्चालन गर्ने भन्ने पत्र प्राप्त भएको छ’ अञ्चल कार्यालय प्रमुख भण्डारीले भने– कर्मचारी व्यवस्थापन र चामल पु¥याउनका लागि समय लाग्ने भएकाले आइतबारदेखि मात्रै चामल विक्री शुरु गरिने छ ।
अञ्चल कार्यालय प्रमुख भण्डारीका अनुसार बजारमा सोना मनसुली चामलको मूल्य प्रतिक्विन्टल चार हजार छ सय रुपैया“ रहेकोमा सुपथ मूल्य पसलमा चार हजार एक सय रुपैया“ क्विन्टलमा विक्री गरिने छ भने बजारमा जिरा मसिनो प्रतिकिलो ५७ रुपैया“मा बिक्री भइरहेकोमा सुपथ मूल्य पसलबाट ५२ रुपैयामा विक्री गरिने छ ।
खाद्य संस्थानले गत वर्ष सुपथ मुल्य पसलबाट दुई सय ८० क्विन्टल चामल बिक्री गरेको थियो ।
संस्थानले गत वर्ष धनगढीको साल्ट टे«डिङ कर्पोरेशनको सुपथ मूल्य पसल तथा संस्थाको मोहनपुरस्थित गोदामबाट सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । यस वर्ष डडेल्धुरास्थित संस्थानको डिपोबाट पनि सुपथ मूल्यमा चामल विक्री गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार