१० श्रावण २०८१, बिहीबार

पूर्वाधार अभावमा पर्यटकीय गन्तव्य ओझेलमा



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासको राम्रो सम्भावना रहे पनि आवश्यक पूर्र्वाधारको कमीका कारण ओझेलमा परेको छ ।


सुदूरपश्चिम प्रदेशका तराईका दुई तथा पहाडका सात गरि नौ जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्वीक, साहसिक (हिमाल आरोहण, र्‍याफ्टिङ, प्याराग्लाईडिङ) ग्रामीण लगायतका पर्यटकीय गन्तव्य रहे पनि आवश्यक पूर्वाधारको अभावका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर हुनुका साथै पर्यटन विकासमा आशातित प्रगति हुननसकेको पर्यटन व्यवसायीहरूको अनुभव छ ।
सुदूरपश्चिममा अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भूभाग समेटिएको प्रशिद्ध खप्तड रहेको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा ¥याफ्टिङको निकै सम्भावना रहेको छ । त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताल, तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोवारीधाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य रहेका छन् ।
त्यस्तै, कञ्चनपुरको शुक्लाफा“टा बन्यजन्तु आरक्ष, दोधारा–चा“दनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन् ।
यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन् ।
प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधासम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मक रुपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधार विकास हुननसकेकोले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन (नाटा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट बताउ“छन् ।
नेपाल सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष (भिजिट नेपाल) २०२० घोषणा गरेको छ । भ्रमण वर्षलाई लक्षित गरी नेपालभरीका एक सय गन्तव्य छनोट समेत भइसकेका छन् । त्यस्तै, केही दिन अघिमात्र २८ वटा नया“ गन्तव्य छनोट गरिएका छन् ।
भिजिट नेपाल २०२० सचिवालयले सुदूरपश्चिमको खप्तड–रामारोशन–बडीमालिका सांस्कृतिक पैदलमार्ग र कर्णाली ¥याफ्टिङलाई विदेशी पर्यटक भित्र्याउने प्रमुख गन्तव्यका रुपमा राखेको छ ।
पर्यटन व्यवसायीहरू भने सरकारले सुदूरपश्चिम प्रदेशमा दुई वटा मात्र गन्तव्य राखेकोमा सन्तुष्ट देखिदैनन् । नाटाका प्रदेश अध्यक्ष भट्टले भने– ‘केही पनि नहुनु भन्दा प्रदेशको एक क्षेत्रलाई सरकार गन्तव्यमा राखेको छ ।’ उनले भिजिट नेपाल २०२० सचिवालयले छनौट गरेको नया“ गन्तव्यमा पूर्वाधार अभाव हु“दा पर्यटकलाई समस्या हुने प्रतिक्रिया दिए ।
‘सरकारले तत्कालै सबै क्षेत्रमा पूर्वाधार निर्माण गर्न सक्दैन । भिजिट नेपाल २०२० आउन तीन महिना मात्र बा“की छ । त्यसैले अहिले त्यहा“ पूर्वाधार बनाउने की पर्यटकलाई पु¥याउने ?’ नाटाका प्रदेश अध्यक्ष भट्टले अहिले सरकारले छनोट गरेको गन्तव्य सन् २०२० लाई नभएर सन् २०२५ लाई लक्षित छनौट गरेको जस्तो देखिएको बताए । उनले भने– ‘सरकारले तत्काल प्रतिफल आउने स्थान छनौट गनुपर्दथ्यो, तर यहा“ ठूला नेताको निर्वाचन क्षेत्र तथा पहु“चवालाको क्षेत्रलाई लक्षित गरि गन्तव्य छनौट गरेको जस्तो देखियो ।’
पर्यटन व्यवसायी किशोर खड्काले सचिवालयले छनौट गरेको गन्तव्य उपयूक्त भए पनि पूर्वाधार नहु“दा समस्या हुने प्रतिक्रिया दिए । उनले भने– ‘सचिवालयले उपयुक्त ढंगले पर्यटन गन्तव्य छनोट गरेको छ, तर तत्काल पर्यटकलाई खानेबस्ने, यातायात लगायतका सुविधा कसरी पु¥याउने भन्ने चुनौति रहेको छ ।’
उनले संघीय सरकारले सुदूरपश्चिम प्रदेशका दुई स्थानलाई गन्तव्यका रुपमा छनोट गरेकोले थप गन्तव्य छनोट गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको बताए ।
पर्यटन व्यवसायी खड्काले सुदूरपश्चिम प्रदेशमा गठन गरिएको प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले पनि काम गर्न नसकेको आरोप लगाए । उनले भने– ‘अन्य प्रदेशहरूमा समितिका बैठक भएर धमाधम कार्यक्रमहरू अगाडि बढाइसके पनि सुदूरपश्चिम प्रदेशमा समितिको पहिलो बैठक पनि बस्न सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार