१० श्रावण २०८१, बिहीबार

विचल्लीमा परेका पाँच बालबालिका एसओएस बालग्राममा



धनगढी । सर्पको टोकाईबाट आमाको ज्यान गएपछि बिचल्लीमा परेका कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का पाँच जना बालबालिकालाई एसओएस बालग्राम धनगढीले शुक्रबार उद्दार गरेको छ ।


भदौ ५ गते विहान ३२ वर्षीया आमा रानीपुरा न्यौपानेको सर्पको टोकाईबाट ज्यान गएको थियो । आमाको मृत्युपछि विचल्लीमा परेका बालबालिकाको सम्पूर्ण पालन पोषण र पठनपाठन गराउने गरि एसओएस बालग्रामले उद्धार गरेर धनगढी पुर्‍याएको छ ।
एसओएस बालग्राम धनगढीका निर्देशक पदम हमालले विभिन्न सञ्चार माध्यमका समाचारबाट आफुले बालबालिकाहरु बिचल्ली परेको जानकारी पाएको बताए ।
आमाको मृत्यूले बेसाहारा भएका १० वर्षीया धर्मकला न्यौपाने, आठ बर्षिया उर्मिला न्यौपाने, पाँच बर्षिया तुलसा न्यौपाने, चार बर्षिया सबिता न्यौपाने र सात महिनाको छोरा नकुल न्यौपानेलाई एसओएस बालग्रामका पुर्‍याईएको संस्थाका सिनियर काउन्सीलर रमेश भण्डारीले बताए ।
कच्ची भान्सामा खाना पकाउदै गरेकी ३२ वर्षिया रानीपुरा न्यौपानेको कुनामा राखेको खुर्सानी झिक्ने क्रममा हातमा सर्पले टोकेपछि समयमै उपचार नपाउदा उनको ज्यान गएको हो । उनका श्रीमान शंकर न्यौपाने रोजगारीका लागि भारतमा रहेका वेला रानिपुराको सर्पदंशबाट मृत्यु भएको थियो ।
एसओएस बालग्रामका सिनियर काउन्सीलर भण्डारीका अनुसार बुवा शंकरले पनि बालबालिकाहरुलाई हुर्काउन नसक्ने भएकाले आफुहरुले बालग्रामका ल्याउनु परेको बताए । एक कठ्ठा ऐलानी जग्गामा बस्दै आएको न्यौपानेको परिवार संग अन्य कुनै सम्पती छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार