५ जेष्ठ २०८१, शनिबार

समुदायमा घुम्ती पढाई कुना



धनगढी । प्रारम्भीक तहको पढाई सुदृढ गरी बालबालिकाको सिकाई उपलब्धीमा सुधार ल्याउन धनगढीको फूलवारी आईगाउ स्थित शंकर सरस्वती अन्नपूर्ण आधारभूत विद्यालयको आयोजनामा विहीवार घुम्ती पढाई कुना कार्यक्रम भएको छ ।


घुम्ती पढाई कुना कार्यक्रमले अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवद्र्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि हासिल गर्न, विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्न र विद्यार्थीको प्रारम्भीक तहको पढाईमा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मणराज रानाभाटले बताए ,
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य सूर्यबहादुर रानाभाट, वडा सदस्य कलावती पार्की, कार्यक्रम अधिकृत राजेन्द्र रैका, अभिभावक कर्ण वहादुर रोकाया, मिन वहादुर शाही, शिक्षक राम वहादुर क्षेत्री, दौतरी शिक्षक जानकी देउवा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बम वहादुर रोकायाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार