२१ मंसिर २०८२, आईतवार

चार थान पेस्तोल सहित तीन जना पक्राउ



धनगढी । केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) ले बुधबार साँझ धनगढीबाट चार थान पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ ।


सिआईबीको टोलीले धनगढी उपमहानगरपालिका—३ चटकपुरमा डेरा गरेर बसेका धनगढी–६, मटियारीका सञ्जय राणा सहित तीन जना पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको हो । उनीहरुबाट सिआईबीले चार थान पेस्तोल, सुनका गहना, राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक समेत बरामद गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले पेस्तोल सहित तीन जना पक्राउ गरेको पुष्टी गरेपनि घटनाको विस्तृत जानकारी दिन चाहेनन् । सिआईवीको टोलीले कोठाको ढोका फोरेर पेस्तोल, सुन बरामद गरेको स्रोतले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक बस्नेतले घटनाको विस्तृत जानकारी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताउँदै थप जानकारी बाहिर अहिले नै नल्याउन आदेश आएको बताए । ‘यो घटनाका धेरै कुराहरु छन्,’ उनले भने, ‘पत्रकार सम्मेलन आयोजना नभएसम्म केही नभन्ने कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार