१० श्रावण २०८१, बिहीबार

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी हुँदै



धनगढी । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी, २०७६ हुने भएको छ ।

संघले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी असोसको दोस्रो साता प्रदर्शनी हुने जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र राठीले ग्राहक र व्यवसायीबीच अन्तरक्रियाको माध्यमबाट निर्माण सामग्री तथा हार्डवेयरको छनोटमा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिने बताए ।
अध्यक्ष राठीले कतिपय ग्राहकले निर्माण सामग्री छनोट गर्दा अलमलमा पर्ने र गुणस्तरीय सामग्री प्रयोगबाट चुक्ने गरेकाले निर्माण सामग्री छनोटमा प्रदर्शनीले सहयोग गर्ने बताए । उनले प्रदर्शनीबाट ग्राहकले आवश्यक सामग्रीको अर्डर समेत गर्न सक्ने व्यवस्था गरिने बताए ।
प्रदर्शनीमा ७० बढि निर्माण सामग्री तथा हार्डवेयर उत्पादक कम्पनी तथा व्यवसायीको स्टल रहने संघका महासचिव कुवेशबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार