१० श्रावण २०८१, बिहीबार

सबै प्रदेशमा सुदूरपश्चिम प्रदेश सभा उत्कृष्ट– सभामुख थापा



धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले संसदीय अभ्यास तथा व्यवहारमा सुदूरपश्चिम प्रदेश सभा उत्कृष्ट रहेको दाबी गरेका छन् ।


“सुदूरपश्चिम प्रदेश सभाका प्रत्येक गतिविधि, कामकारबाही, अभ्यास र व्यवहार पारदर्शी र विधिसम्मत छन्” बुधबार फ्रिडम फोरमद्वारा धनगढीमा आयोजित खुला संसद ः अवधारणा र अभ्यास सम्बन्धी छलफल कार्यक्रममा सभामुख थापाले भने– हामीले प्रदेश सभा तथा संसदीय समितिका हरेक बैठकलाई सकेसम्म खुला बनाएका छौं । मिडियाको सहज पहु“चको व्यवस्था गरेका छौं ।
उनले प्रदेश सभामा कुनै पनि विधेयक बहुमत÷अल्पमतका आधारमा नभएर सर्वसम्मतीबाट पारित गर्ने अभ्यास गरिएको चर्चा गरे ।
प्रदेशको नामाकरण तथा राजधानीका बारेमा जनस्तरबाट उठ्ने गरेका टिप्पणीप्रति सभामुख थापाले भने– जतिसुकै टिप्पणी भए पनि प्रदेश राजधानीका लागि गोदावरी नै सबैभन्दा उपयुक्त स्थान हो । “गोदावरीलाई राजधानी छनोट गरिएको निर्णय दशकौंपछि पनि सही सिद्ध हुने छ” उनले सुदूरपश्चिम नामले गौरबको अनुभूति हुने गरेको बताए ।
कार्यक्रममा उपसभामुख निर्मला बडाल जोशीले प्रदेशको समृद्धिका लागि संसद, सरकार, नागरिक समाज तथा मिडिया सबैबीच सकारात्मक सोच र समन्वय आवश्यक रहेको बताइन् ।
कार्यक्रममा प्रदेश सभामा सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बमले जनसहभागिता, पारदर्शीता र जवाफदेहीताका दृष्टिबाट प्रदेश शासन कमजोर रहेको टिप्पणी गरिन् ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कु“वरले नया“ संरचना र अभ्यास भएका कारण अहिले पनि विभिन्न समस्याको सामना गर्दै अघि बढ्नु परेको बताए ।
कार्यक्रममा विधायन तथा प्रदेश मामिला समिति सभापति नेपालु चौधरी, प्रदेश सभामा नेपाली का“ग्रेस संसदीय दलका उपनेता देवराज पाठक, प्रदेश सभा सदस्यहरू अक्कलबहादुर रावल, महेशदत्त जोशी र कृष्णबहादुर चौधरीले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा खुला सरकारको अवधारणा तथा अभ्यास बारे प्रस्तुति गर्दै फ्रिडम फोरमका निर्देशक तारानाथ दाहालले शासनलाई पूर्ण जनमुखी, जवाफदेही र पारदर्शी बनाउन अहिले विश्वभरी खुला सरकारको अवधारणा बलियो बन्दै गएको चर्चा गरे ।
कार्यक्रममा पत्रकारहरू चित्राङ्ग थापा, मनमोहन स्वार, उमिदप्रसाद बागचन्द, कर्ण शाह र अर्जुन शाह, नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशी लगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार