११ श्रावण २०८१, शुक्रबार

अख्तियारद्वारा सवारी खरिदसम्बन्धी कागजपत्र माग



डोटी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीका स्थानीय तहहरूसंग सवारी साधन खरिदसम्बन्धी सब कागजपत्र पेस गर्न माग गरेको छ ।

जिल्लाका अधिकांस स्थानीय तहले सवारी साधन खरिदमा अनियमिता गरेको व्यापक जनगुनासो सहितका समाचार सार्वजनिक भइरहेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले कागजात माग गरेको जनाइएको छ ।
आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले भने– स्थानीय तहहरूले सवारी साधन खरिद गरेको बारेमा धेरै उजुरी आएका छन् । त्यसैले हामीले सवारी साधन खरिद प्रक्रियासंग सम्बन्धित कागजपत्र माग गरेका छौ । उनका अनुसार केही स्थानीय तहले कागजपत्र बुझाइसकेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका स्थानीय तहहरूले २०७४ साल साउनदेखि २०७५ साल पुस मसान्तसम्म १० करोड ९३ लाख ८६ हजार रुपैया“ मूल्यका सवारी साधन खरिद गरेका छन् ।

जिल्लाको पूर्विचौकी गाउ“पालिकाले सवारी साधन खरिदमा दुई करोड ६७ लाख ५५ हजार रुपैया खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पूर्वीचौकी गाउ“पालिकाले १० मोटरसाइकल खरिदमा २४ लाख ९७ हजार दुई सय, पिकअप जीप खरिदमा ३७ लाख २० हजार, एक्जाभेटर खरिदमा एक करोड २३ लाख ६२ हजार तथा दुई वटा बस खरिदमा ८१ लाख ७६ हजार रुपैया खर्च गरेको देखिएको छ ।

त्यस्तै, शिखर नगरपालिकाले सवारी साधान खरिदमा एक करोड ५४ लाख २९ हजार रुपैया खर्च गरेको छ । दिपायलसिलगढी नगरपालिकाले सवारी खरिदमा एक करोड छ लाख ८७ हजार रुपैया खर्च गरेको छ भने बडीकेदार गाउ“पालिकाले एक करोड ८१ लख ७९ हजार रुपैया खर्च गरेको देखिएको छ ।
त्यस्तै, सायल गाउँपालिकाले एक करोड ५६ लाख १६ हजार, केआईसिँह गाउ“पालिकाले ९३ लाख ८२ हजार, बोगटान गाउ“पालिकाले ७६ लाख १३ हजार, जोरायल गाउ“पालिकाले ५८ लाख ३८ हजार तथा आदर्श गाउ“पालिकाले सवारी खरिदमा ५७ लाख २२ हजार रुपैया खर्च गरेको देखिएको छ ।
स्थानीय तहहरूले खरिद गरेका एउटै कम्पनी तथा एउटै खालका सवारी साधनको मूल्य भने फरक फरक रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार