२ जेष्ठ २०८१, बुधबार

ऐश्वर्यलाई क्यूएए प्रमाणपत्र



धनगढी । धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसले गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।


विश्वविद्यालय अनुदान आयोगले ऐश्वर्य बहुमुखी क्याम्पसलाई आईतबार काठमाडौंमा आयोजित एक समारोहमा क्यूएए प्रमाणपत्र प्रदान गरेको जनाइएको छ ।
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष नृपबहादुर वड र ब्यबस्थापन समिति सल्लाहकार प्राध्यापक डाक्टर हेमराज पन्तले सो प्रमाणपत्र बुझेका थिए ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर भीमप्रसाद सुवेदीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
क्यूएए प्रमाणपत्र पाउने ऐश्वर्य बहुमुखी क्याम्पस देशको ३७ औं क्याम्पस भएको बताइएको छ ।
समकक्षी पुनरावलोकन समुह (पिआरटी) ले गत साउनको पहिलो साता नै ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय सुनिश्चितता प्रत्यायान सम्वन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार