१० श्रावण २०८१, बिहीबार

डोटीमा डेंगु रोकथाम अभियान शुरु



डोटी । केही दिनअघि डेंगु रोगका कारण एक बिरामीको मृत्यु भएपछि डोटीमा डेंगु रोकथाम अभियान सुरु गरिएको छ । गत छ गते दिपायलसिलगढी नगरपालिका वडा नम्बर ६, थाप्लाकी ४२ वर्षीया छत्रकुमारी मलासीको डेंगुका कारण मृत्यु भएको थियो ।


सामान्यतयाः तराईमा देखापर्ने डेंगु रोग पहाड (डोटी) मा समेत देखिएपछि रोकथाम अभियान शुरु गरिएको जनाइएको छ ।
डोटीमा डेंगुबाट एकको मृत्यु भएपछि शनिबार थाप्ला गाउ“मा सरोकारवालाहरूको संयुक्त पहलमा डेंगु रोगबारे जानकारी गराएको थियो । भने डेंगु रोग सार्ने एडिस जातिको लामखुट्टेले फुल पार्ने स्थानको खोजी र नष्ट गर्न शुरु गरिएको छ ।
अभियानमा दिपायलसिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, जिल्ला समन्वय समितिका उपप्रमूख शशी सोव, डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी उपरिक्षक विद्यानन्द माझी, स्थानीय जनप्रतिनिधीहरू, जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर भुषण मिश्रलगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख बिष्णुराज जोशीले थाप्ला गाउँमा टाईगर मस्क्विटो भनिने एडिस प्रजातीको लामखुट्टे फेला परेको बताए । उनले एडिस लामखुट्टेले पानीमा फुल पारेको भेटिएको जानकारी दिए ।
त्यस्तै, दिपायलसिलगढी नगरपालिका स्वास्थ्य इकाइ संयोजक राजु खड्काले शुक्रबार नगरपालिका भित्रका स्वास्थ्य चौकी र नगर स्वास्थ्य केन्द्र प्रमुखहरूको सहभागितामा डेंगु रोग रोकथामबारे छलफल भएको बताए ।
डेंगु रोकथाम अभियान अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा अभिमुखिकरण कार्यक्रम भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउ“गाउ“मा आमा समूहमार्फत डेंगु रोगबारे जागरुकता बढाउन परिचालन गरिने छ । त्यस्तै, हरेक विद्यालयमा डेंगु बारे कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
स्वास्थ्यकर्मीहरूा अनुसार एडिस लामखुट्टेले मानिसलाई प्रायः दिउ“सो टोक्ने गर्दछ । एडिस लामखुट्टेले फुल पार्ने सम्भाव्य स्थान, भाँडाकुँडामा जम्मा गरेको पानी, टायर, बोतल र बिर्काेमा रहेका फुलहरू नष्ट गर्नुपर्ने, शरीर ढाक्ने गरी लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार