११ पुष २०८१, बिहीबार

लभ्लीपार्कले माया लगाउँदै



शेरबहादुर ऐर/धनगढी । वरिपरी सिसम र सिमलका रुख। रुखै रुखले भरिएको दुई मिनेटको बाटोमा भित्र फूलैफूलको बगैचा । यो दृष्य हो, कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर २ स्थित शिवशंकर सामुदायिक वनको ।


जोशीपुर गाउँपालिकाका विभिन्न क्षेत्रबाट सो सामुदायिक बनेमा दुई वर्षअघि पिकनिकका लागि ओइरो लाग्दथ्यो । गाउँपालिकाले सो वनको सदुपयोग गर्दै विभिन्न जातका फूल रोपेर पार्क निर्माण गर्ने योजना बनाएको छ ।
गाउ“पालिकाले सो पार्कको नाम लभ्लीपार्क राखेको छ । फूलको बगैचालाई प्रेम चिन्हका रुपमा सजाइएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट १६ किलोमिटर टाढा छयो पार्क । जोशीपुरको बजार क्षेत्रबाट दुई किलोमिटर टाढा रहेको सो पार्कमा आगन्तुकका लागि आराम गर्ने विसौनीको पनि व्यवस्था गरिएको छ ।
बजारको भीडभाड, कोलाहल र व्यस्तताबीच एकछिन आराम गर्नका लागि ‘लभ्ली पार्क’को व्यवस्थापन गरिएकोे गाउ“पालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए ।
‘यहा“ न त कुनै कोलाहल हुन्छ, न भीडभाड । गर्मी मौसममारुखको छहारीले आराम दिन्छ भने फूलहरूको मनमोहक बास्नामा रमाउन सकिन्छ’ उनले भने– शान्त वातावरणमा रहेको ‘लभ्ली पार्क’ले सबैलाई आनन्द दिने विश्वास लिएका छौं ।


गाउ“पालिकाले सो पार्कलाई व्यवस्थित गर्न आर्थिक वर्ष २०७५÷०७६ मा डेढ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकमबाट गाउ“पालिकाले छ वटा सिमेन्टका बिसौनी, फूलहरूको सि“चाईंका लागि बोरिङ र विभिन्न जातका फूलका बोटहरूको वृक्षारोपण गरेको जनाएको छ ।
वनको छेउमै एउटा खुल्ला मैदान रहेको छ । गाउ“पालिका उपाध्यक्ष गिता कठरियाले जोशीपुर, जानकी गाउ“पालिका लगायतका स्थानबाट फागुन, चैत, बैशाख, जेठ महिनामा पिकनिकका लागि मानिस आउने गरेको बताइन ।
उनले भनिन्–मानिसहरू पिकनिकका लागि यहाँ आएपनि जंगलभित्र पुरै झारपातले भरिएको थियो । हामीले सबै सरसफाई गरी पार्कको अवधारणाका रुपमा यसलाई अगाडि बढाएका हौं ।’
गाउ“पालिकाले पर्यटकिय क्षेत्रका रुपमा अगाडि बढाएको सो पार्कमा अहिले प्रवेशका लागि कुनै शूल्क भने निर्धारण गरेको छैन । उपाध्यक्ष गिताले भनिन्–गाउ“पालिकाको आयस्रोतको रुपमा यसलाई अगाडि बढाउने योजना रहेको छ ।जोशीपुर गाउ“पालिकाको आयस्रोत भनेको अहिले मालपोत, पसल दर्ता लगायतका मात्र रहेका छन् ।
गाउ“पालिकामा पर्यटक भित्र्याउन पार्कले ठूलो भूमिका खेल्ने उपाध्यक्ष गिताले बताइन् ।उनले गाउ“मा पर्यटक आउँदा रमाउने निश्चित स्थान चाहिने भएकाले गाउ“पालिकाको लगानीमा उक्त पार्क निर्माण गरिएको बताईन् ।
बजारबाट टाढा भएको उक्त पार्क प्रेमि जोडीका लागि मात्रै हैन, परिवारस“ग रमाउनेका लागि पनि उत्तम विकल्प बनेको छ ।८० प्रतिशत थारु समुदाय भएको गाउ“पालिकामा विभिन्न थारुका संस्कृतिका बारेमा थाह पाउन सकिने स्थानीयहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार