२ जेष्ठ २०८१, बुधबार

अस्पतालबिहीन नर्सिङ कलेजहरू, सरकारी अस्पतालमा बढ्दो चाप



शेरबहादुर ऐर/धनगढी । कैलालीको धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कलेजमा अध्ययनरत विद्यार्थीहरू प्रयोगात्मक कक्षा लिन सेती अञ्चल अस्पताल आउने गरेका छन् ।


२०६७ सालमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता पाएको सो कलेजले सेती अञ्चल अस्पताललाई प्रयोगात्मक कक्षाका रुपमा उल्लेख गरेको थियो । कलेजले नर्सिङ, ल्याव र हेल्थ एसिस्टेन्टका विषयहरूको प्रयोगात्मक कक्षाका लागि सेती अञ्चल अस्पतालसंग सम्झौता गरेको जनाइएको छ ।कलेजले ल्यावमा ३०, नर्सिङ र हेल्थ एसिस्टेन्टका ४०÷४० जना विद्यार्थीहरू भर्ना लिने गरेको छ ।
धनगढीकै फारवेष्ट टेक्निकल कलेजले पनि २०६७ सालमै परिषदबाट नर्सिङ कलेजको सञ्चालनका लागि अनुमति पाएको हो । फारवेस्ट कलेजले पनि सेती अञ्चल अस्पतालसंग प्रयोगात्मक कक्षाका लागि सम्झौता गरेको थियो । फारवेष्टले दुई सिफ्टमा ४०÷४० जना गरि ८० जना विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि अस्पतालमा पठाउने गरेको जनाएको छ ।
नर्सिङ कलेज सञ्चालन गर्न अनिवार्य रूपमा आफनै अस्पताल हुनुपर्ने प्रावधान छ। स्वास्थ्य मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफनै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। नर्सिङ कलेज सञ्चालनका लागि कम्तिमा पनि अनिवार्य रूपमा ५० बेडको आफनै अस्पताल हुनुपर्छ। यस्ता अस्पतालमा बेडको अकुपेन्सी ६० प्रतिशतभन्दा बढी हुनुपर्ने नियम छ ।
शैलेश्वरी र फारवेष्ट टेक्नीकल कलेजमात्र होइनन आफनै अस्पताल भएको नर्सिङ कलेजले पनि सेती अञ्चल अस्पतालमा प्रयोगात्मक शिक्षाका लागि पठाउने गरेको छ । कैलालीको अत्तरियास्थित पदमा नर्सिङ कलेजले पनि एक महिनाका लागि विद्यार्थीहरू पठाउने गरेको सेती अञ्चल अस्पतालले जनाएको छ ।
सेती अञ्चल अस्पतालमात्र होइनमहाकाली अञ्चल अस्पतालमा पनि प्रयोगात्मक शिक्षाका लागि प्रयोग हुने गरेको छ । महाकाली अञ्चल अस्पतालमा सेती महाकाली नर्सिङ कलेजले प्रयोगात्मक शिक्षाका लागि प्रयोग गर्ने गरेको छ ।
नेपाल नर्सिङ काउन्सिलले गत असार १८ गते सार्वजनिक गरेको नर्सहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपाल र भारतका गरी दुई सय १४ वटा कलेजमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । तीमध्ये धेरैजसो कलेजको नतिजा सून्य आएको छ ।
फारवेष्ट टेक्निकल कलेजबाट पा“च, पद्मा हस्पीटलका चार, सेती महाकाली नर्सिङ कलेज महेन्द्रनगरका आठ, शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स कलेजका छ, सुजुङ हस्पीटल सुजुङ हेल्थ एण्ड टेक्निकल एकेडेमी डोटीका चार, सुदूरपश्चिमाञ्चल मेडिकल कलेज एण्ड हस्पीटल कैलालीका दुई जना र टीकापुर नर्सिङ कलेजका एक जना फेल भएका थिए ।
नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सबाट एक, सेती महाकाली नर्सिङ कलेज तीन, सुदूरपश्चिमाञ्चल मेडिकल कलेज एण्ड हस्पीटल कैलालीका एक र टीकापुर नर्सिङ कलेजका एक जना पास भएको नजिता सार्वजनिक भएको थियो ।
यी नतिजालेसुदूरपश्चिम प्रदेशको नर्सिङ कलेजको अवस्था झल्काएको छ । नर्सिङ कलेजहरूको आफनै अस्पताल नहु“दा र भएका अस्पतालमा पनि आवश्यकता अनुसारका उपकरण नहुँदा नर्सिङ कलेजले राम्रो जनशक्ति उत्पादन गर्न सकेका छैनन् ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने– अधिकांस नर्सिङ विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि प्रयोगात्मक शिक्षामा ध्यान दिएको देखिदैन।कलेजले विद्यार्थीहरू पठाउ“दा एक जना प्रशिक्षक पठाउनुपर्नेमा अधिका“सले त्यस्तो गर्दैनन् ।
सात वटा संस्थाको १३ कार्यक्रम एउटै अस्पतालमा
सेती अञ्चल अस्पतालमा सात वटा कलेजको १३ वटा कार्यक्रम चलिरहेको छ । ५० शैय्या भएको अस्पतालले एक संस्थाको ४० विद्यार्थी र एक सय शैय्या भएको अस्पतालले दुई संस्थाको ८० विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । सेती अञ्चल अस्पताल अहिलेसम्म पनि ५० वेडका रुपमा विभागमा दर्ता भएको छ । अस्पताल विकास समितिले एक सय २५ वेड थप गरेको थियो । सेती अञ्चल अस्पतालमा अहिले दुई सय भन्दा बढी बेड रहेको जनाइएको छ ।
सेती अञ्चल अस्पतालमा शैलेश्वरी फारवेष्टको नर्सिङ, ल्याव र हेल्थ एसिस्टेण्ट, फारवेष्ट टेक्निकल कलेजको नर्सिङका दुई, भागेश्वरी एकेडेमीको हेल्थ एसिस्टेण्ट, एकिकृत सामुदायिक विकास केन्द्रको ल्याव, अनमी १८ महिने, ६ महिने र सिएमए, सेती प्राविधिक शिक्षालयको दुई समुहको अनमी, सुजुङ नर्सिङ अस्पताल र पदमा नर्सिङ कलेजको नर्सिङ कार्यक्रम तथा फारवेष्ट कलेजको हेल्थ एसिस्टेण्ट कार्यक्रम सञ्चालन छन् ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पाण्डेले यति धेरै कार्यक्रम सञ्चालन गर्दा अस्पतालले प्रदान गर्ने सेवा गुणस्तर हुन नसकेको बताए ।उनले अस्पतालको सेवालाई गुणस्तर बनाउने हो भने सरकारले बनाएको नियम, कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पाण्डेले भने–नियम अनुसार हामीले एउटै संस्थालाई मात्र कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने हुन्थ्यो, तर तत्कालिन अस्पताल विकास समितिले अर्को व्यवस्था नभएसम्मका लागि कलेजहरूलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ। अस्पताल विकास समितिको निर्णय गरेको झण्डै आठ वर्ष पुग्न लाग्दा समेत त्यही निर्णय लागु भइरहेको छ ।

सम्झौता नगरि कार्यक्रम
सेती अञ्चल अस्पतालमा शैलेश्वरी, फारवेष्ट, भागेश्वरी कलेज र सुजुङ अस्पतालले सम्झौता गरेर कार्यक्रम अघि बढाइरहेका छन् । शैलेश्वरीले २०६४, फारवेष्टले २०६७, भागेश्वरीले २०७२ र सुजुङले २०७५ सालमा प्रयोगात्मक कक्षा सञ्चालन गर्न अस्पतालसंग सम्झौता गरेको थियो ।
अस्पतालमा एकिकृत सामुदायिक विकास केन्द्रले ल्याव, सिएमए र अनमी गरि चार वटा कार्यक्रमका लागि गरेको सम्झौता २०७१ सालको असार मसान्तमा सकिएको थियो । केन्द्रले अहिले पनि अस्पतालमा प्रयोगात्मक शिक्षा सञ्चालन गरिरहेको जनाइएको छ ।
त्यस्तै, पद्मा नर्सिङ कलेज, खप्तड कलेजले कार्यक्रम सञ्चालनको सम्झौता नगरि प्रयोगात्मक शिक्षाका लागि विद्यार्थीहरू पठाउने गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पाण्डेले भने–पदमा र खप्तड कलेजले पटके रुपमा एक महिनाका लागि विद्यार्थीहरू प्रयोगात्मक शिक्षाका लागि पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार