२ जेष्ठ २०८१, बुधबार

स्तनपान सप्ताहा मनाइयाे



सुखड । यो वर्षको स्तनपान सप्ताहा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो साता स्तनपान सप्ताह मनाइने गरिन्छ ।

अर्थात साउन १६ गतेदेखि २२ गतेसम्म यो सप्ताह मनाइने गरिएको हो । आमाको दुध शिशुलाई आवश्यक रहेको र आमाको दुध खानु शिशुको अधिकार भएको उद्देश्यका साथै यो सप्ताह मनाइने गरिएको छ । कैलालीका प्रत्येक पालिकाहरुले साताभरी औपचारीक अनपौचारीक कार्यक्रम गरी मनाएका छन । तर पालिकाहरुले स्तनपान सप्ताहा मनाई रहदा पछिल्लो समय स्तनपान गराउने महिलाहरुको संख्या घट्दै गएको छ ।

जसका कारण शिशुमा कुपोषण, वृद्धि विकासमा समस्या र आमामा स्तन क्यानसर,पाठेघरको क्यान्सर हुने सम्भावना बढेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन । बच्चालाई दूध चुसाउँदा आमाको अनुहार बिग्रन्छ भन्ने गलत मानसिकता रहेको घोडाघोडी नगरपालिका अन्तरगर्त स्वास्थ्य शाखाका संयोजक हेम राज बुढाले बताउनु भयो । स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका बहुउपयोगी र अनिवार्य आवश्यकता रहेको उहाँको भनाई छ ।

स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने उहाँ बताउनुहुन्छ । शिशु जन्मेको आधा घण्टा देखी ६ महिना सम्म आमाको दुध स्तनपान गराउनुपर्ने उहाँको भनाई छ । नेपाल लगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो । एक अध्ययनका अनुसार शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने महिलाको संख्या नेपालमा ५५ प्रतिशत छ भने जन्मेदेखि एक महिनाभित्र स्तनपान गराउनेको संख्या ७९ दशमलव ६ प्रतिशत छ । २ देखि ३ महिनासम्म स्तनपान गराउने ७२ दशमलव २, ४ देखि ५ महिनासम्म स्तनपान गराउने ४० दशमलव ९ र ६ देखि ८ महिनासम्म स्तनपान गराउने महिला ६ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार