१० श्रावण २०८१, बिहीबार

सडक सुरक्षा सञ्जाल गठन



धनगढी । बढ्दो सडक दुर्घटना न्यूनिकरणमा योगदान पुर्‍याउने उद्देश्यले धनगढीमा सडक सुरक्षा सञ्जाल गठन गरिएको छ ।


सोमबार धनगढीमा भएको एक भेलाले धनगढी उपमहानगरपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश स्तरीय सडक सुरक्षा सञ्जाल गठन गरिएको जनाइएको छ । सडक सुरक्षा सञ्जालमार्फत सवारी दुर्घटना न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम, चालक तथा यात्रुहरुका साथै चालक र सडक किनारका व्यक्तिहरूलाई परामर्श दिने, बिज्ञहरूसंग छलफल गर्ने लगायतका रचनात्मक कार्यहरू गर्ने जनाइएको छ ।
भेलाले प्राध्यापक भूवन भट्टको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरेको छ । सञ्जालको सदस्यमा डाक्टर महादेव बिष्ट, गोमती अवस्थी, निर्माण ब्यावसायी निरन्जनप्रसाद भट्ट, यातायात व्यवसायी डम्बर पन्त, इन्जिनियर द्विजराज भट्ट, तोरण भट्ट, वातावरणविज्ञ अशोक अवस्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार