१० श्रावण २०८१, बिहीबार

जरीवाना बाफत ७ लाख ६० हजार राजश्व संकलन



अस्थायी ट्राफिक प्रहरी पोष्ट बझाङले आर्थिक वर्ष २०७५/७६ मा जरीवाना बाफत ७ लाख ६० हजार राजश्व संकलन गरेको छ ।

बझाङ जिल्लामा सवारी नियम उलङघन गर्ने सवारी चालकहरुबाट अस्थाई ट्राफिक प्रहरी पोस्ट सिमखेतले जरीवाना बाफत ७ लाख ६० हजार राजश्व संङकलन गरेको हो । सवारी साधन जरीवाना बाफत साउन महिनामा ४५ हजार ५सय, भदौमा ४१ हजार, असोजमा ५३ हजार ५ सय ,कार्तिकमा ६० हजार ५ सय, मँसिरमा ४३ हजार ,पुस महिनामा ४४ हजार ,माघमा ४१ हजार फागुनमा ७५ हजार ५ सय,चैत्रमा ८६ हजार ५ सय , बैशाख महिनामा ९४ हजार ५ सय, जेठमा ८४ हजार असारमा ९३ हजार ५ सय राजश्व संङकलन गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमखेतको तथ्यांकमा उल्लेख छ ।

सवारी नियम उलङघन गर्ने ३ सय ५८ ठुला साना सवारी साधनको जरिवानाबाट सो रकम उठेको अस्थायी ट्राफिक पोष्ट सिमखेतका प्रहरी निरिक्षक मिम वहादुर रावलले बताए । प्रहरी निरिक्षक रावलका अनुषार क्षमता भन्दा बढी यात्रु बोक्ने, लाइसेन्स नभएका लगायत सवारी नियम उलङघन गर्नेहरुबाट जरीवाना बाफत एक वर्षकको अवधीमा सात लाख ६० हजार संङकलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी साहाएक निरिक्षक रावले बताए । जरिवानाबाट उठेको रकम प्रत्येक महिनाको अन्तिममा राजश्वको खातामा जम्मा गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार