१० श्रावण २०८१, बिहीबार

टीकापुरमा थारु समुदायको राष्ट्रिय भेला हुँदै



धनगढी । टीकापुरमा आगामी भदौमो थारु समुदायको बृहद् राष्ट्रिय भेला हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय भेलाका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ ।


२०७२ साल भदौ ७ गतेको घटनामा साढे तीन वर्ष जेल भोगेका रामप्रसाद चौधरीको संयोजकत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । थारु कल्याणकारीणी सभा कैलालीका उपसभापति माधव थारुले राष्ट्रिय भेलामा देशभरीबाट ठूलो संख्यामा सहभागी रहने बताए । उनले देश बाहिर रहेका थारु अगुवा, नेताहरूलाई पनि आमन्त्रण गरिएको बताए ।
थरुहट नेता लक्ष्मण थारुले राष्ट्रिय भेलाका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार