१० श्रावण २०८१, बिहीबार

स्थानीय सरकारका सामाजिक सवालहरूबारे छलफल



धनगढी । स्थानीय सरकारको सामाजिक न्याय, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यान्वयनको अवस्थाबारे बिहीबार धनगढीमा अन्तक्रियम भएको छ ।

कार्यक्रममा कैलारी गाउँपालिकाका उपप्रमुख र सामाजिक विकास समितिका सदस्य तथा अधिकृत, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश कार्यालय प्रमुख, विभिन्न नागरिक संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
जागरण नेपालको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहमा समानता, विभेदमुक्त तथा समावेशी समाज निर्माणमा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको थियो ।
कार्यक्रममा कैलारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले गाउ“पालिकाले जातीय छुवाछूत तथा सामाजिक विभेद, बालविवाह, बहुविवाह सहितका सामाजिक, सांस्कृतिक कुसंस्कार न्युनिकरणका लागि निरन्तर प्रयास गरिरहेको चर्चा गरिन् ।
उपाध्यक्ष सत्गौवाले गाउ“पालिकाले नागरिक अगुवा, बुद्धिजीवी, सांस्कृतिक अगुवा सहितका सरोकारवालाहरूसंगको छलफल तथा सल्लाहसुझावका आधारमा नीति, कार्यक्रम र बजेट तर्जुमा गरेर कार्यान्वयन गरिरहेको बताइन् ।
स्थानीय न्यायिक समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष सत्गौवाले न्यायिक समितिमा उजुरीको संख्यामा निरन्तर बृद्धि भइरहेको बताइन् । उनले भनिन्– उपाध्याक्षमाथि न्यायिक समितिको मात्रै होइन, बजेट, अनुगमन आदि जिम्मेवारी पनि बहन गर्नुपर्ने दायित्व छ । त्यसैमा न्यायिक समितिमा उजुरी अधिक संख्यामा आइरहेकोले निरुपणमा कठिनाई हुने गरेको छ ।
सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख झंकरबहादुर रावलले नेपालमा अहिलेको समावेशीताको अवस्था भनेको “आँपका हाँगा भाँचेर फल वितरण गर्ने” खालको रहेको चर्चा गरे । भने– आँपका विरुवा रोप्ने, हुर्काउने र फल उत्पादनमा बृद्धि गरेर वितरण गर्ने खालको छैन ।
प्रदेश कार्यालय प्रमुख रावलले समान सहभागिता, समान वितरण र समान लाभको अवस्था सुनिश्चित गर्नु नै सही अर्थमा समावेशी हुने बताए ।
कार्यक्रममा कैलारी गाउ“पालिकाका सामाजिक विकास अधिकृत यगम कलेलले लक्षित समुह कार्यविधि बनाएर वडाको आवश्यकताका आधारमा लक्षित समुह कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिरहेको चर्चा गरे ।
कार्यmक्रममा जागरण नेपालका कार्यक्रम संयोजक पूर्णकला राईले स्थानीय तहमा लैंगिक समानता, विभेदमुक्त तथा समावेशी समाज निर्माणका लागि टँेलवस्ती, वडा तथा गाउ“पालिका÷नगरपालिका तहमा संस्थागत प्रयास आवश्यक रहेको चर्चा गरिन् ।
कार्यक्रममा पत्रकार मनमोहन स्वार, पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, गैसस महासंघका सचिव धर्मराज पाठक, महासंघका कैलाली अध्यक्ष हेमकर्ण विक, मुक्त कमैया समाजका अध्यक्ष बसन्ती चौधरी, बिनु राना, निर्मला बागचन्द, पत्रकार लखन चौधरी, पुनम सिजापती, कृष्ण विक लगायतले धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार