१० श्रावण २०८१, बिहीबार

लेखा समिति र प्रदेश सभा सचिवालयबीच छलफल



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सभाको ब्यवस्थापनका विषयमा बिहीबार प्रदेश सभा सचिवालयका पदाधिकारीहरूसंग छलफल गरेको छ ।


सो क्रममा प्रदेश सभाका विषयगत समिति तथा संसदीय दलका कार्यालयहरूको व्यवस्थापनमा रहेको कमीकमजोरी तथा सांसदहरूका लागि पुस्तकालयको व्यवस्थाबारेका सवालबारे छलफल भएको जनाइएको छ ।
बैठकमा समितिका सदस्य भरतबहादुर खड्काले प्रदेश सभाका विषयगत समितिहरू चुस्त र दुरुस्त बनाउन नसकिए प्रदेश सभा नै प्रभावकारी बन्न नसक्ने चर्चा गरे । समितिका सदस्य खड्काले भने– मिनि संसदका रुपमा रहेका विषयगत समितिका साथै संसदीय दलका कार्यालयहरूमा कर्मचारीको उचित ब्यवस्थापनका साथै अन्य व्यवस्थापकीय पक्षमा सचिवालयले ध्यान दिनु आवश्यक छ ।
लेखा समितिका सदस्य अम्मरबहादुर साउ“दले प्रदेश सभा सचिवालयमा पुस्तकालयको ब्यवस्था गर्ने बजेट हुँदाहुँदै पनि ब्यवस्थापन हुन नसकेकोमा खिन्नता व्यक्त गरे । उनले प्रदेश सभाको बैठक चलिरह“दा नियमित रुपमा विद्युत आपुर्ति नहुँदा समस्या हुने गरेकोप्रति ध्यान दिन पनि आग्रह गरे ।
बैठकमा समितिका सदस्य कर्णबहादुर मल्लले लेखा समिति स्वयं पनि ब्यवस्थित हुन नसकेको बताए । उनले समितिको बैठक आयोजना गर्दा आमन्त्रण गरिएका अतिथिलाई बस्ने ठाउको कमी हुने गरेको बताए । भने– लेखा समितिको कार्यकक्षमा बैठकमा सहभागीलाई ठाउ अपुग हुने गरेकोले अर्को समितिको कार्यकक्ष प्रयोग गर्नुपरिरहेको अवस्था छ ।
बैठकमा सदस्य बल्देव रेग्मीले प्रदेश सभामा सांसदहरूले बोलेको कुरा अडियोका साथै भिडियोमा समेत रेकर्ड गर्ने ब्यवस्था मिलाउन माग गरे । सांसद मानबहादुर धामीले प्रदेशको नयाँ राजधानीको भौतिक संरचना बन्न समय लाग्ने भएकोले धनगढी मै स्थायी खालका संरचनाहरू निर्माण गरी समस्या समाधान गर्नुपर्ने बताए ।
‘हामी (प्रदेश सभा, प्रदेश सरकार) अझैं १० वर्षसम्म धनगढीमै बस्नुपर्ने अवस्था छ” सांसद धामीले भने– त्यसैले सा“घुरो ठाउ“मा कोच्चिएर बस्नुभन्दा ब्यवस्थित गर्नेतिर ध्यान दिनु पर्द छ ।
छलफलमा प्रदेश सभाका सचिव रामसिंह धामीले यसअघि संघीय सरकारबाट पठाइएका कर्मचारीहरू प्रदेश सभामा हाजिर भएकै दिनदेखि सरुवाको प्रयासमा रहेकाले समस्या भएको बताए ।
उनले आफू पांच वर्षका लागि आफु नियुक्त भएको र सो अवधिसम्म स्वामित्व लिएर काम गर्ने तथा नियम अनुसार सबै कुरा ब्यवस्थापन गर्ने गरी काम अघि बढाउने बताए ।
सार्वजनिक लेखा समितिले बिहीबारको छलफलका लागि प्रदेश सभाका सभामुख र उपसभामुखलाई पनि आमन्त्रण गरेको भए पनि उपस्थित भएनन् ।
लेखा समितिका सभापति कुमारी नन्दा बमले सभामुख र उप सभामुख नआएपछि प्रदेश सभाका सचिव रामसिंह र लेखा प्रमुख तीर्थराज ओझासित छलफल गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार