२८ पुष २०८१, आईतवार

यार्सा टिप्न गएकाहरु फर्किन थाले



बझाङ । यार्सा संकलन गर्न लेक पुगेका बझाङ जिल्लाका स्थानीयहरु लेकबाट घर फर्कन थालेपछि गाउँमा चहल पहल बढ्नुका साथै बन्द भएका विद्यालयहरु समेत सञ्चालनमा आएका छन् ।


शैक्षिक सत्रको सुरुमा जिल्लाका उत्तरी भेगका विद्यार्थीहरु यार्सा टिप्न जा“दा बन्द भएका विद्यालयहरु अहिले सञ्चालन भएका हुन् । जिल्लाको तल्लो भेगका विद्यालयहरुले वर्षातका कारण बाढी पहिरोको समस्याले बर्खे बिदा हुँदा जिल्लाको उत्तरी भेगका विद्यालयहरुमा भने पढाइ सुचारु भएको छ ।
बालबालिकाहरु यार्सा टिप्न जाँदा बन्द भएका माथिल्लो भेगका झण्डै ३ दर्जन विद्यालयको पढन पाठन सुरु भएको हो । सुर्मा गाउँपालिकाको दौलिचौर माविमा असारको दोस्रो साताबाट विद्यार्थीहरुलाई पुस्तकहरु वितरण गरेर पढाइ सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बहादुर बोहराले बताए ।
कक्षा ३ देखि १२ सम्म पढ्ने अधिकांश विद्यार्थीहरु वैैशाखको पहिलो साताबाट यार्सा टिप्न जाने ह“ुदा शैक्षिक सत्रको सुरुमा पढाइ हुन नसकेको र अहिले सबै फिर्ता भएपछि विद्यालय सञ्चालन गरिएको बोहराले बताए ।
विद्यार्थी यार्सा टिप्न जादा शैक्षिक सत्रको सुरुमा पढाइ नभएका विद्यालयहरुले बर्खे बिदा नगरी वैैशाख जेठ महिनाको पढाइलाई परिपूिर्त गर्ने गरेको शिक्षक अशोक बोहराले जानकारी दिए ।
यहा“का बुढापाका र बालबालिका सबै यार्सा टिप्ने कामलाई धेरै महत्व दिने हु“दा बैशाखदेखि असारको तेस्रो हप्तासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रेम बहादुर बोहराले बताए । यो समयमा सुर्मा र साईपाल गाँउपालिकाका सबै विद्यालयहरु बन्द हुने गरेका छन् ।
यस्तै बुंगल नगरपालिका, दुर्गाथली गाउ“पालिका, छबिसपाथीभेरा गाउँपालिका र तल्कोट गाउँपालिकाका शैक्षिक संस्थाहरु पनि बन्द रहन्छन् ।
यार्सा संकलन गरेर सबै स्थानीयहरु फिर्ता भइसकेपछि साईपाल गाउँपालिका भित्र रहेका सबै विद्यालयहरु अहिले खुलेर पढाई सञ्चालन भइसकेको साईपाल गाउ“पालिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए । यार्सा टिप्न हिमाली क्षेत्रमा बझाङ जिल्लाका हजारौ विद्यार्थी, शिक्षक र अन्य स्थानीय बासिन्दा यार्सा टिप्न गएका थिए । दौलिचोैर माविमा कक्षा सात पढ्ने रोशन बोहराले यस वर्ष एक सय पचासओटा यार्सा टिपेको बताउँदै अन्य विद्यार्थी साथीहरुले पनि आफना अभिभावक भन्दा बढी यार्सा संकलन गर्न सफल भएको बताए ।
यस वर्ष यार्सा संकलन गर्ने क्रममा सुर्मा गाउ“पालिकाका २ जना, साईपाल गाउ“पालिकामा १ र छबिसपाथीभेरा गाउँपालिकाका १ गरी ५ जनाको मृत्यु भयो ।
वार्षिक ३ क्विन्टल यार्सा संकलन हुने यस जिल्लामा गएको वर्ष यार्साको मूल्य नपाएका व्यापारीहरु यस वर्ष पनि मूल्य पाईने होकी भन्ने अन्यौलमा छन् । तर यार्सा खरिद गर्ने ब्यापारीहरुले सर्बसाधारण यार्सा संकलकहरुबाट यार्सा खरिद गर्नभने सुरु गरेका छन् । अहिले यार्सा खरिद गर्ने स्थानीय व्यपारी सहित बाहिरका ब्यापारीहरु समेत जिल्लामा आई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार