१० श्रावण २०८१, बिहीबार

गत वर्षको तुलनामा भन्सार राजस्व संकलन कमजोर



प्रकाशबिक्रम शाह/धनगढी । कैलाली भन्सार कार्यालयको राजश्व संकलन दर गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा केही कमजोर देखिएको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा झण्डै नौ प्रतिशत बढी राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य पुरा गर्न अझैं करिब दुई करोड रुपैया संकलन गर्नुपर्ने देखिएको छ ।

चालू आर्थिक वर्ष सकिन एक दिनअघि अर्थात् सोमबारसम्म कैलाली भन्सार कार्यालयले ९९ दशमलव १६ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ ।
भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७५/०७६ मा पाँच अर्ब २२ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा असार ३० गतेसम्म पाँच अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीका अनुसार गत आर्थिक वर्ष ०७४/०७५ मा चार अर्ब २० करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा चार अर्ब २३ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस आर्थिक वर्षमा राजस्व संकलनमा केही कमी हुनुमा खक्रौला भन्सार कार्यालय सञ्चालन तथा जेठ महिनादेखि फलफूल र तरकारी आयात नहुनु मुख्य कारण रहेको जनाइएको छ ।
भन्सार कार्यालयले चालू आर्थिक वर्षमा पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयातबाट नै राजस्व संकलन गरेको छ । सो कार्यालयका अनुसार यस आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातमा कुल राजस्व संकलनको ४७ प्रतिशत हिस्सा रहेको छ ।
त्यस्तै, कैलाली भन्सार कार्यालयले बिस्कुट, दालमोट, ट्याक्टर, कागज, सुर्ती, टायल्स र खाद्यान्न आयातबाट राजश्व संकलन गरेको छ । भन्सार कार्यालयका अनुसार बिस्कुट आयातबाट पांच दशमलव ८५ प्रतिशत राजस्व संकलन भएको छ भने दालमोठबाट तीन दशमलव २३, ट्याक्टरबाट दुई दशमलव ४३, कागजबाट दुई दशमलव २० तथा सूर्ती, टायल्स र खाद्यान्नबाट क्रमशः दुई दशमलव पाँच, एक दशमलव ८२ र एक दशमलव ४१ प्रतिशत राजश्व संकलन भएको छ ।

कैलाली भन्सार कार्यालय नाकाबाट आर्थिक वर्ष ०७५/०७६ मा ७४ हजार नौ सय ३६ किलोलिटर डिजेल आयात भएकोमा एक अर्ब ४५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै यो अवधिमा १८ हजार सात सय ३२ किलोलिटर पेट्रोल आयात भएकोमा ६६ करोड ८५ लाख रुपैया राजस्व संकलन भएको थियो भने आठ हजार पा“च सय नौ मेट्रिकटन ग्यास आयात भएकोमा १३ करोड २५ लाख रुपैया राजश्व संकलन भएको छ ।
त्यस्तै, यो आर्थिक वर्षमा पा“च सय आठ मेट्रिक टन विस्कुट आयात भएको थियो । बिष्कुट आयातबाट २८ करोड १३ लाख रुपैया संकलन भएको थियो ।
त्यस्तै, एक हजार सात सय ८२ मेट्रिकटन दालमोठबाट १५ करोड ५६ लाख र छ सय ७४ ट्रयाक्टर आयातबाट ११ करोड ६८ लाख ६७ हजार रुपैया राजश्व संकलन भएको थियो ।
त्यस्तै, यो आर्थिक वर्षमा चार हजार चार सय सात मेट्रिकटन कागज आयातबाट १० करोड ६० लाख, दुई सय १४ मेट्रिकटन सुर्ती आयातबाट नौ करोड ८७ लाख, तीन लाख ६५ हजार दुई सय ५६ बर्गमिटर टायल्सबाट आठ करोड ७६ लाख तथा २४ हजार एक सय ३८ मेट्रिकटन चामल आयातबाट छ करोड ७७ लाख रुपैया“ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १९ अर्ब ७२ करोड रुपैयाँ मूल्यका विभिन्न सामग्री आयात भएकोमा ७३ करोड ६३ लाख रुपैया मूल्य बरावरका वस्तु निकासी भएका छन् । कैलाली भन्सार कार्यालय नाकाबाट मुख्य रुपमा खयर कत्था, टर्पेन्टाइन निकासी हुने गरेको छ ।

उता, कञ्चनपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यको ९१ दशमलव ३२ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । गड्डाचौकी भन्सार कार्यालय प्रमुख भीम अधिकारीका अनुसार यो आर्थिक वर्षमा ४० करोड १२ लाख रुपैया राजश्व संकलनको लक्ष्य राखिएकोमा सोमबारसम्म ३६ करोड ६४ लाख रुपैया मात्रै संकलन भएको छ ।
त्यस्तै, कैलालीको खक्रौला भन्सार कार्यालयले यस आर्थिक वर्षमा पाँच करोड ११ लाख ३२ हजार रुपैया“ राजश्व संकलन गरेको छ । खक्रौला भन्सार कार्यालय गत कार्तिक चार गते सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार