१७ बैशाख २०८१, सोमबार

अञ्चल अस्पतालको पार्किङ अस्तव्यस्त



धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा सवारी साधन पार्किङ अस्तव्यस्त बन्दै गएको छ ।


धनगढीमा रहेको सेती अस्पतालमा निजी सवारी साधनहरूले जथाभावि पाकिङ गर्दा एम्बुलेन्स तथा विरामीहरूलाई आउन जानमा समस्या हुने गरेको गुनासो बढ्दै गएको छ ।
गम्भिर प्रकृतिका विरामी लाई हतार हतारमा अस्पताल पु¥याएपनि अस्पताल परिषद भित्र जथाभावी राखिएका निजी सवारी साधनले समस्या बढ्दै गएको ऐम्वुलेन्स चालकहरूले गुनासो गरेका छन् ।
टाढा–टाढा बाट विरामीलाई जोखिम पुर्ण यात्रा मोलेर उपचारका लागी अस्पताल ल्याएपनि अस्पतालमा अझै बढी समस्या भईरहेको उनिहरूले बताएका छन् । सेती अस्पताल परिषद भित्र ट्रयाक्सी, इटो सिक्सा र मोटसाईकल ब्यवस्थीत नुहदाँ विरामी लाई सम्बन्धीत वाडमा पु¥याउन समस्या भएको हो ।
अस्पताल परिषद मात्रै होइन् धनगढीको साघुरो सडकमा एम्वुलेन्सको साइरनको वास्ता नगरी अटो रिक्साहरूले जथाभावी बाटो काट्दा समेत दुर्घटनाको जोखिम बढेको चालकहरूले बताए ।
सुदूरपश्चिमकै रेफरल अस्पतालका रुपमा रहेको सेती अस्पतालमा रहेको पाकिङ समस्याको समाधानका लागी अस्पताल प्रशासनले कुनै चासो दिएको छैन् । अस्पतालमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका विरामी लाई ऐम्वुलेन्स मार्फत सेती अस्पतालमा ल्याउनु पर्ने बाध्यता भए पनि अस्पतालमै पार्किङ समस्या हु“दा झनै समस्या भएको एम्बुलेन्स चालक संघ कैलालीका अध्यक्ष लक्ष्मण बहादुर सिंहले बताए । उनले देशका अन्य ठुल ठुला अस्पतालमा लामो समयसम्म ट्याक्सीलाई राख्न नदिने व्यवस्था भएपनि यहा“ लागु नभएको बताए ।
सेती अस्प्तालका सुचना अधिकृत दिलिप कुमार श्रेष्ठले अस्पताल भित्र रहेको अस्तब्यस्त पार्किङको समस्या समाधानका लागी प्रयास जारी रहेको बताए । अस्पताल परिषद भित्र हुने जथाभावी पार्किङको रोकथामका लागी मुल गेटमा सेक्युरिटी गार्डको ब्यवस्था गरिएको उनको भनाई छ ।
उनले अहिले पनि अस्पताल परिषदमा बजारमा किनमेलका लागी आउ“ने यात्रुहरूले समेत सवारी पार्किङ गदै आएको स्वीकार गरे । उनले यसलाई नियन्त्रण गर्न चुनौति बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार