१० श्रावण २०८१, बिहीबार

बजेट पास गर्न ह्वीप जारी, सुदूरपश्चिमको बजेट भोलि पास हुने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास गर्न नेकपा संसदीय दलले सांसद्हरुले ह्वीप जारी गरेको छ ।


दलका प्रमुख सचेतक तारा लामातामाङले सबै सांसदहरुलाई बिहीबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको बताए । बिहीबारको प्रदेश सभा बैठकमा बजेटमाथि सबै सांसद्हरुले बोल्ने क्रम सकिएपछि लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिने छन् ।
त्यसपछि बजेट पास गर्ने प्रक्रिया शुरु हुने छ । बजेट पास गर्न जुन प्रक्रिया अपनाइएपनि बजेटको समर्थन गर्न निर्देशन दिएको प्रमुख सचेतक तामाङले बताए । नेकपा संसदीय दलको बुधबारको अनौपचारिक बैठकमा छलफल भएपछि दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टको सल्लाहमा पत्तापक्षका सासदलाई ह्वीप जारी गरिएको छ ।
प्रतिपक्ष दलहरु बजेटको तिब्र विरोध गरिरहेको बेला सत्तापक्षकै सांसदहरुले प्रदेश सभा बैठकमा बजेटको आलोचना गर्दै सरकार ढाल्ने चेतावनी दिएपछि बजेट पारित गराउन दलबाट ह्वीप जारी गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार