१० श्रावण २०८१, बिहीबार

अभिमुखीकरण र संवाद सहजिकरण कार्यक्रम



दार्चुला । दार्चुलाको सदरमुकाम खलंगामा सोमबार ‘परिवर्तित शासकीय संरचनाबारे अभिमुखीकरण तथा संवाद सहजीकरण’ कार्यक्रम भएको छ ।

कार्यक्रम परिवर्तित शासकीय संरचनामा स्थानीय शासनका मुलभूत समस्या र चुनौति, सार्वजनिक नीति तथा सार्वजनिक सेवा प्रवाह र जनताका सवाल लगायतका विषयमा मिडियाको बुझाई र भूमिका तथा कार्य आदि विषयमा केन्द्रीत रहेको थियो ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजना तथा नेपाल पत्रकार महासंघ दार्चुलाको सहकार्यमा भएको कार्यक्रममा जिल्लाका ३० जना पत्रकारहरूको सहभागिता रहेको छ ।
कार्यक्रम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति, दार्चुलाका प्रमुख करवीरबहादुर कार्कीले लोकतन्त्रलाई बलियो बनाउन मिडियाले कुनै पनि कारणले समाजमा पाखा लगाइएका, सिमान्तकृत, अधिकारबाट बञ्चित, विपन्न वर्ग र समुदायका पक्षमा बढी केन्द्रीत हुनुपर्ने चर्चा गरे । उनले भने– मिडियाको निष्पक्ष, सन्तुलित तथा स्वतन्त्र भूमिकाले लोकतन्त्रलाई संस्थागत गर्न योगदान पु¥याउ“छ ।
जिसस प्रमुख कार्कीले संघीय तथा प्रदेश सरकार तथा सांसदहरूले स्थानीय तह÷सरकारहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए ।
उनले स्थानीय तहमा लोकतन्त्र तथा संघीयता बलियो बनाउन मिडियाको भूमिका अझ प्रभावकारी हुनुपर्ने चर्चा गरे । भने– चुनावताका दल तथा उम्मेदवारहरूले जनता समक्ष प्रस्तुत गरेका घोषणापत्र कार्यान्वयनको अवस्था, जनताका सवाल, सामाजिक तथा विकासका मुद्दा, जनप्रतिनिधिको सार्वजनिक जवाफदेहीता, पारदर्शीता लगायतका विषयमा वस्तुनिष्ठ भएर मिडियाले आफ्नो काम गर्नुपर्दछ ।
कार्यक्रममा मार्मा गाउ“पालिका अध्यक्ष जमनसिंह धामीले संघीयतालाई बलियो बनाउन स्थानीय तहहरूलाई अधिकार, स्रोतसाधन र जनशक्ति तथा व्यवस्थापकीय दृष्टिकोणबाट व्यवस्थित गर्नुपर्ने चर्चा गरे ।
उनले सामाजिक जवाफदेहीतासहितको मिडियाको भूमिका आवश्यक रहेको बताए । अध्यक्ष धामीले भने– नेपाली जनताले सबैभन्दा बढी मिडियाले भनेकै कुरामा विश्वास गर्छन् । त्यसैले आम नागरिकले मिडियाबाट सत्यतथ्यको अन्वेषण गर्ने र सधैं निष्पक्ष भूमिका निर्वाहको अपेक्षा गरिरहेका हुन्छन् ।
अध्यक्ष धामीले पत्रकारहरूले कुनै पनि तहको सरकारको प्रेस सल्लाहकार बन्नु गलत भएको बताए ।
कार्यक्रममा दुहु गाउ“पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले लोकतन्त्रमा राज्यको चौथो अंगका रुपमा स्वीकार गरिएको प्रेसको स्थानीय तहमा कस्तो उपस्थिति र भूमिका हुने भन्नेबारे गहन छलफल आवश्यक रहेको बताए ।
उनले भने– हामी नौलो राजनीतिक संरचना र अभ्यासमा छौं । त्यसैले स्थानीय तहमा लोकतान्त्रिक संस्कार विकास गर्ने प्रयासमा रहेका छौं ।
उनले सरकारहरूप्रतिको निरन्तरको खबरदारी तथा नया“ राजनीतिक प्रणालीको संस्थागत विकासप्रतिको संवेदशीलतालाई ध्यान दिएर मिडियाले भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘सिंचाई गर्ने खेतगह्रा नै नभएका ठाउ“मा करोडौं रुपैयाको लगानीमा सिंचाईं आयोजना बनाइएका छन्, खानेपानीका उपभोक्ता नै नभएका ठाउ“मा खानेपानी आयोजना सञ्चालन गरिएका छन्’ उनले प्रदेश तथा संघीय सरकार र सांसदहरूले विकासका नाममा भित्राइरह्ेका विकृति तथा आर्थिक अनियमिता तथा स्थानीय तहहरूबाट कमीकजोरीमाथि लगातार खबरदारी गर्न मिडियाकर्मीसंग आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गरिरहेका छन् ।
महासंघका जिल्ला अध्यक्ष शंकरसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष राजेन्द्र धामीले स्वागत गरेका थिए ।
सो अवसरमा संस्थाका कार्यकारी निर्देशक मनमोहन स्वारले सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का १२ जिल्लामा सञ्चार गृह तथा सञ्चारकर्मीहरूको क्षमता अभिबृद्धिका लागि लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार