१७ बैशाख २०८१, सोमबार

घाइतेको हेलिकप्टरद्वारा उद्धार



धनगढी । प्रहरी चौकीको प्रतिक्षालयका लागि ढुंगा फुटाउन जाने क्रममा पहाडबाट ढुंगा खसेको ढुंगा लागेर घाइते भएका युवकलाई हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।


सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा कैलालीको मोहन्याल गाउँपालिका–२, खिमडीका तिलक बुचामगरलाई हेलिकप्टर प्रयोग गरी उपचारका लागि कोहलपुर लगिएको हो । ३२ बर्षीय तिलकको टाउको र शरिरको अन्य भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


तिलक घाइते हुने वित्तिकै स्थानीयले सामाजिक विकास मन्त्री सुवेदीलाई फोन गरेर जानकारी गराएपछि मन्त्री सुवेदीले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । तिलकको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार