२० बैशाख २०८१, बिहीबार

धान दिवसका अनाैठा तस्वीरहरू



धनगढी । ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ १६ औं राष्ट्रिय धान दिवस मनाइरहँदा न कुनै प्रविधि प्रयाेग गरिएकाे थियाे न कुनै यन्त्र उपकरण नै । बरू नाटक मञ्चन जस्तै थियाे धेरै जसाे धान दिवस मनाउने कार्यक्रम । किसानले पानी तथा सिंचार्इ र मलखादकाे अभावमा राेपाइँ गर्न नसकिरहेकाे बेला नेपालका तीनै तहका सरकार, राजनीतितक दल र संघसंस्थाले तामझामका साथ धान दिवस मनाए । अाैपचारिकताका लागि मात्रै अायाेजना गरिएकाे धान दिवसकाे उपलब्धी शुन्य भएपनि केही तस्वीरहरू भाइरल भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा घाँटीमा धानकाे बेर्नाकाे माला हालेकाे, चिल्लाे सुटबुट लगाएर डिलबाट गडामा हात लम्काएकाे, खुट्टामा हिलाे लाग्ने डरले कट्टा बुछाएर सुख्खा जमीनमा राेपाइँ गरेकाे जस्ता तस्वीरहरू निकै हिट भए । ति मध्ये केही तस्वीरहरू यहाँ प्रस्तुत गर्ने जमर्काे गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार