१२ श्रावण २०८१, शनिबार

धनगढी चौथो नगर सभा शुरुः डेढ अर्बको बजेट पेस



धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि करिब डेढ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबारदेखि शुरु भएको उपमहानगरपालिकाको चौथो नगर सभामा प्रस्तुत भएको वार्षिक बजेटमा पुँजीगत खर्चतर्फ ५२ प्रतिशत तथा चालू खर्चतर्फ ४८ प्रतिशत विनियोजन गरिएको छ ।

नगरसभामा उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टद्वारा प्रस्तुत एक अर्ब ४८ करोड चार लाख ४८ हजारको आगामी आर्थिक वर्षको वार्षिक बजेटमा चालू तर्फ ७६ करोड ३६ लाख ४२ हजार एक सय ६६ रुपैयाँ तथा पुँजीगत तर्फ ८१ करोड ६८ लाख पा“च हजार आठ सय ३३ रुपैयाँ विनियोजन गरिएको छ ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडका अनुसार नगरपालिकामा कार्यान्वयन हुने, तर रातो कितावमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख रुपैया“ प्रस्तुत बजेटमा समावेश गरिएको छैन ।
उपप्रमुख वडले भने– आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि समग्रमा बजेटको आकार बढेको छ, तर यस पटक अनुदान रकम उपमहानगरपालिकाको बजेटमा समावेस नगर्ने प्रावधान रहेकोले सो रकम बजेटमा समावेश गरिएको छैन । नगर प्रमुख वडका अनुसार विगतमा अनुदान वापतको अनुमानित रकम पनि वार्षिक बजेटमा नै समावेश गर्ने गरिन्थ्यो ।
धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्याक्रम तथा बजेटले पूर्वाधार विकास तर्फ सुधारिएको सडक, कृषिको आधुनिकिकरण तथा व्यवसायीकरणलाई प्राथमिकता दिएको छ ।
उपप्रमुख मिश्रद्वारा प्रस्तुत वार्षिक नीति, कार्यक्रम तथा बजेटका प्राथमिकताका क्षेत्रमा “शिक्षा क्षेत्रमा गुणस्तर सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा सञ्चारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड, सामुदायीक बनको संरक्षण तथा व्यवस्थापन र प्राकृतिक बिपद तथा पूर्व तयारी, राहत वितरण, पुनस्र्थापन, पुनःनिर्माण” रहेका छन् ।
उपमहानगरपालिकाको आगामी आर्थिक वर्षदेखि अलवम्बन गर्नेगरी तयार गरेका नगर विकासका नीति, कार्यक्रम तथा बजेटका उद्देश्यमा नगरभित्रका सबै सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने, नगरमा विद्युतको सुदृढिकरण तथा वैकल्पिक उर्जा प्रवद्र्धन, गरिबी तथा पछौटेपनको अन्त्य र नगर क्षेत्र भित्रको स्रोत, अवसर तथा क्षमताको उच्चतम उपयोग गरी आर्थिक तथा मानवीय विकास गर्ने रहेका छन् ।
त्यस्तै, स्वस्थ्य र सभ्य संस्कृति, सामाजिक सुसम्बन्ध सुधार नीति, अवलम्वन गरिने, ऐतिहासिक, पुरातात्वीक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र विकासका लागि अध्ययन अनुसन्धान गर्ने र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने, जनसहभागितामा आधारित सामुदायिक विकास गर्ने र व्यवसायिक सीपको विकास र प्रवद्र्धन गरी यसलाई उद्यमशिलतासंग जोडेर उद्यमशील शहरको लागि आधार खडा गर्ने उद्देश्य लिइएको छ ।
त्यस्तै, नगरको सम्पदाका रुपमा रहेका थारु लगायत विभिन्न समुदायको कला, संस्कृति, तथा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न जाति, धर्म, प्रथा, परम्परा रीतिरिवाज तथा संस्कारका नाममा हुने विभेद, शोषण, अन्याय अन्य गरी मानवतामा आधारित समाजको निर्माण गर्ने र नगर क्षेत्रभित्रका विविध जातजातिको भाषा, संस्कृति, साहित्य, कला, चलचित्र सम्पदाको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्य रहेका छन् ।
१० वटा मुख्य शिर्षकमा विभाजन गरिएको उपमहानगरपालिकाको वार्षिक नीति, कार्यक्रम र बजेटमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, राजश्व परिचालन, सूचना तथा सञ्चार प्रविधि, भवन नक्सा पास, वित्तीय व्यवस्थापन तथा आर्थिक अनुशासन र महिला तथा बालबालिका रहेका छन् ।
उपमहानगरपालिकाले जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक वडा एक कृषि उत्पादन, वनस्पती खेती विकास, एक घर दुई बिरुवा कार्यक्रमको निरन्तरता, वडा नम्बर १२ मा द्वारिका देवी कृषी अनुसन्धान केन्द्र स्थापना, युवा लक्षित कृषि कार्यक्रम सञ्चालन, शहरी क्षेत्रमा कौसी खेति कार्यक्रमको सु्रुवात तथा कृषि बिमा कार्यान्वयनलाई अघि बढाउने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा छाडा पशुचौपायाको उपचार तथा भ्याक्सीनेशन गर्ने तथा धनगढीलाई छाडा पशुचौपायारहित नगर बनाउने कार्यक्रम घोषणा गरिएको छ ।
त्यस्तै, पशु नस्ल सुधार, दुध, मासु, माछा तथा अण्डामा आत्मनिर्भर नगर बनाउन पशुपंक्षी व्यवसायको प्रवद्र्धन, माछापालन क्षेत्रको विस्तार तथा विद्यमा तालतलैयाको उचित व्यवस्थापन गरी उतपादक्तपमा बृद्धि गर्ने नीति अवलम्वन गरिने छ ।
उपमहानगरपालिकाले आगामी वर्ष कैलाली नाला, सुकुटी नाला र मोहना नदी किनारमा साईकल ट्रयाक निर्माण गर्ने, वडा नम्बर १३, ६, ४ र ५ मा रहेका सामुदायिक बनभित्रबाट बग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक बनलाई स्थानीय उद्यान बनाउने र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै साइकल ट्रयाक निर्माण गर्ने, वडा नम्बर ३ को सामुदायिक बनदेखि शिवपुरीधाम, जाखोर ताल हुदै बेहडाबाबासम्म रहेका विभिन्न मठमन्दिरलाई जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण, नेतुवा ताल, जोखरताल, तिल्केताल, बेलाताल, बेहडाबाबाताल, चौफेरीताल, सु्न्दरीताल र नथनी÷कथनीताल लगायतका तालहरुलाई पर्यटकीयक स्थलका रुपमा विकास गर्ने, वडा नम्बर ३ को आदर्श सामुदायिक बनमा जडिबुटी खेतीको आरम्भ गरी बर्डिङ पिकनिक स्पोटका रुपमा विकास गर्ने घोषणा गरिएको छ ।
त्यस्तै, बसपार्क टर्मिनलमा पर्यटन सूचना केन्द्र स्थापना, कनरी पार्क नजिक जडिब्ुटी प्रशोधन केन्द्र स्थापना र जग्गा विकास कार्यक्रम, बालबालिका तथा किशोरकिशोरीसंग उपमेयर कार्यक्रम, शिक्षा तर्फ असहाय र बिपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहु“च भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाउ’ कार्यक्रम संचालन गर्ने कार्यक्रम घोषणा गरिएको छ ।
त्यस्तै, उपमहानगरपालिकाको विद्युतीय सुशासन प्रवद्र्धन गर्न “ई–सिटिजन चार्टर, सिटिजन रिपोर्ट कार्ड, इक्जिट पोल, अडियो–भ्वाइस ब्रोडकास्टिङ सिस्टम तथा सुशासन मोबाइल एप्स” लागू गर्ने कार्यक्रम प्रस्तुत गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा नगरसभाका सदस्य सचिव नारायण प्रशाद सापकोटाले बार्षिक नीति, कार्यक्रम तथा बजेट माथिको छलफल जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार